© २०२३
काठमाडौं, २५ फागुन ।
आज महाशिवरात्री पर्व शिवको पुजा आराधना गरी मनाइँदैछ । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी मनाउन लागिएको हो ।
आज बिहानैदेखि देशभरीका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजापाठ गर्ने धार्मिक प्रचलन छ । धार्मिक ग्रन्थ अनुसार आज नै शिवको जन्म भएको हो ।
शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पाल्पाको सिद्धबाबा मसिन्दर लगायतका शिव मन्दिरहरुमा पनि आज बिहानैदेखि दर्शनार्थीहरु घुईचो लागिरहेको छ