ट्रेंडिंग:

>> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा
अन्तर्राष्ट्रिय नारी दिवस

जोखिमयुक्त काम गर्ने ४३ जना श्रमिक नारीलाई सम्मान

२४ फाल्गुन २०८०, बिहीबार
२४ फाल्गुन २०८०, बिहीबार

तिलोत्तमा,२४ फागुन ।  अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाले जोखिमपूर्ण काम गर्ने ४३ जना श्रमिक महिलालाई सम्मान गरेको छ ।
नगरका विभिन्न वडाका डकर्मी, सिकर्मी, उद्योगमा मेशिन चलाउने लगायत जोखिमपूर्ण काम गर्ने महिलाहरुलाई जनही नगद ३५ सय र कदरपत्रले सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खांणले वर्तमान संविधान महिलामैत्री रहेको र राजनीतिमा स्थनीय, प्रदेश र संघमा महिला प्रतिनिधित्व उल्लेख्य संख्यामा रहेको बताए ।  नगरपालिकाले महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम र उद्यमशीलता तालिम प्रदान गरेको बताए ।
नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीले सन् १९१० बाट अन्तराष्ट्रिय श्रमिक नारी दिवस मनाउन शुरू भएपनि समान कामको समान ज्याला र समानताको अधिकारको माग अझै पूरा नभएको बताइन् । नारीलाई अधिकार दिन संविधान र कानुनमा लिपिबद्ध हुनुपर्ने बताइन् । महिलाका हक अधिकारका माग पूरा गर्न महिला एक्लै नभई पुरुषको पनि साथ चाहिने उपप्रमुख चौधरीले औंल्याइन् । उनले महिलालाई हेर्ने समाजको दृष्टिकोण पनि परिवर्तन हुन आवश्यक रहेको भन्दै नगरभित्र समान कामको ज्याला नपाए उजुरी गर्न आग्रह गर्दै अहिलेसम्म एउटा पनि उजुरी नआएको जानकारी गराइन् ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नगरस्तीय नेताहरुले बोल्दै तिलोत्तमा नगरपालिकालाई महिलामैत्री नगर बनाउनुपर्ने सुझाव दिएका थिए । नगरपालिकाकी महिला तथा बालबालिका शाखाकी सम्झना भण्डारीले डकर्मी,मिस्त्री,अटो रिक्सा चालक,लेथ मेशिन चलाउने महिला,वायरिङ गर्ने महिला गरी ४३ जनालाई सम्मान गरिएको बताइन् । आगामी दिनमा अन्य विधाका महिलालाई पनि सम्मान गर्ने भण्डारीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?