© २०२३
बुटवल,२४ फागुन । धादिङको गजुरीस्थित त्रिशूली नदीमा बस खस्दा हराइरहेका तीन यात्रुमध्ये बुटवलका प्रकाश पाठकको शव फेला परेको छ।
अन्दाजी वर्ष ५० का प्रकाश पाठकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारी नदीबाट बाहिर निकालेको हो।
बिहीबार अपरान्ह ३ः४३ बजे सशस्त्र प्रहरी सुरक्षा वेश आदमघाटबाट डीएसपी तुला चौधरीको कमान्डमा खटिएको टोलीले फेला पारेको एपीएफले जनाएको छ।
यो सँगै त्रिशूलीमा बेपत्ता तैनैजनाको शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नदीमा बेपत्ता नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक रहेकोमा पाठकको शव आज सनाखत भएको प्रहरीले जनाएको छ।
यसअघि आजै सशस्त्र प्रहरीले दुर्घटनास्थलभन्दा १५० मिटर तल त्रिशूली नदीमा पुरुषको शव फेला पारेको थियो भने नदीभित्र महिलाको शव भेटिएको थियो ।
मंगलबार साँझ रुपन्देहीबाट काठमाडौँका लागि छुटेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बुधबार बिहान ४स्४० बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खस्दा घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी घाइते भएका थिए। तीन यात्रु भने नदीमै हराइरहेका थिए। पाठक नेपाली कांग्रेस निकट मजदुर संगठनका नेता थिए ।