© २०२३
नवलपुर, २४ फागुुन ।
स्थानीय उत्पादनलाई बढावा दिन र स्थानीय उत्पादनको गाउँमै प्रवलीकरण गर्न जिल्लाको बौदीकाली गाउँपालिकाले पालिकाको केन्द्र डेढगाउँमा तरकारी हाटबजार सञ्चालनमा ल्याएको छ ।
जिल्लाको पहाडी गाउँपालिका बौदीकालीले आफ्ना वडामा कृषकलाई निःशुुल्क रुपमा कृषि का बिउबिजन उपलब्ध गराउने र स्थानीय कृषि उत्पादनलाई आफ्नै गाउँपालिकामा बिक्री गर्ने गरी हाटबजार सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए ।
अध्यक्ष ओझाले गाउँपालिकाले किसानलाई उन्नत तरकारीका बिउदेखि धान, मकै, कोदो, गहुँ लगायतका हरेक कृषि बिउबिजन निःशुुल्क वितरण गरेर कृषिमा पालिकालाई आत्मनिर्भर बनाउन र किसानलाई थप उत्साहित बनाउन कृषि क्षेत्रको प्रवद्र्धनमा पालिकाले ५० लाख बिनियोजन गरी सहयोग गर्ने गरी कृषिलाई पहिलो प्राथमिकतामा राखेको बताए ।
पालिकाका किसानले पालिकामा उत्पादन गरेका तरकारी केरा, धान, मकै लगायतका खाद्य बालीको पालिकामा नै बिक्री गर्ने र बिक्री नभएको भए र हुुन नसक्ने अबस्था आए पालिकाले नै खरीद गरेर किसानलाई भुक्तानी दिने नीति समेत रहेको वडा नं. २ का वडाध्यक्ष श्याम श्रेष्ठले बताए ।
बौदीकाली गाउँपालिकाले पहिलो पटक हरेक शानिबार पालिकाको केन्द्र डेढगाउँमा तरकारी हाटबजार सञ्चालनमा ल्याएपछि स्थानीय किसान समेत खुुशी भएका र यो कालीगण्डकी करिडोरमा पर्ने भएकाले पनि यो सडक भएर यात्रा गर्नेहरुले अर्गानिक तरकारी खरीद गरेर लैजाने गरेका र बजारको कुुनै समस्या नरहेको बाँैदीकाली गाउँपालिका वडा नं. २ डेढगाउँका वडाध्यक्ष श्रेष्ठले बताए ।
गाउँपालिकाले सञ्चालनमा ल्याएको हाटबजारले अहिले राम्रोसँग स्थानीय कृषि उत्पादनको प्रवलीकरणमा सहयोग पुु¥याएको र किसानलाई समेत उत्साहित बनाएको छ भने यहाँका किसानले उत्पादन गरेका कृषि बालीको बिक्री गर्न टाढा लैजानुुपर्ने बाध्यता नरहेको र स्थानीय रुपमा नै बिक्री भएको र करिडोरको बाटो यात्रा गर्नेले खरीद गरेर लैजाने गर्दा बजारको समस्या नरहेको स्थानीय कृषक हेमराज ओझाले बताए ।
गाउँपालिकामा उत्पादन भएका कृषि उपजको बजार ब्यवस्थापनलाई सवलीकरण गर्न पालिकाले एक घर एक कृषक प्रवलीकरण कार्यक्रम मार्फत कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखिएको पालिका अध्यक्ष ओझाले बताए ।