© २०२३
धनगढी, २४ फागुन । सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यो सँगै कमल बहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको परेको छ ।
कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा माओवादीका सभामुख सहित ११ जना र नेकपा एकीकृत समाजवादी पार्टीका ४ जना सांसद छन् । मुख्यमन्त्री शाहलाई अहिले सम्म आफ्नो पार्टीका १८ जना र नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यको मात्रै समर्थन रहेको छ ।
५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सरकारमा बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ कांग्रेसका १८ र नाउपाका ७ सांसदको साथ रहँदा पनि मुख्यमन्त्री शाहले बहुमत पाउन सक्दैनन् । तर, सुदूरपश्चिम प्रदेशमा स्वतन्त्र एक जना र राप्रपाका १ जना सांसद छन् उनीहरूको साथ पाए मुख्यमन्त्री सुरक्षित हुन सक्छन् ।
नागरिक उन्मुक्ति पार्टीले अहिले सम्म नयाँ गठबन्धनमा जाने वा पुरानैमा रहने भन्ने विषयमा कुनै टुङ्गो लगाएको छैन । नागरिक उन्मुक्तिले एमाले माओवादीको गठबन्धनमा सहभागी हुने निर्णय गर्दा मुख्यमन्त्री शाहले राजीनामा दिनु वा राजीनामा दिने गरी विश्वासको मत लिनु बाहेकको अन्य कुनै विकल्प पाउने छैनन् ।
तर, अहिले नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदलाई मिलाउने प्रयासमा मुख्यमन्त्री शाह लागेका छन् ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने गरी पनि छलफल सुरु भएको दाबी गरेको छ ।
नाउपाले समर्थन कांग्रेसलाई नहुँदा उनले विश्वासको मत नपाउने निश्चित छ ।