© २०२३
काठमाडौं,२४ फागुन । नेपाल प्रहरीले सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु (जीबी ) राई पक्राउ नपरेको स्पष्ट पारेको छ ।
राईलाई सिंगापुरबाट पक्राउ गरेको समाचार केही सञ्चार माध्यममा सार्वजनिक भएपछि प्रहरीले अहिलेसम्म राई पक्राउ नपरेको जनाएको हो ।
नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले राई पक्राउ नपरेको बताए । उनले इन्टरपोलमार्फत राईको खोजि भइरहेको तर अहिलेसम्म पक्राउ नपरेको स्पष्ट पारे ।
सामाजिक सञ्जालमा राई पक्राउ परेको भन्दै हल्ला फैलिएको थियो । कतिपयले रवि लामिछाने गृहमन्त्री भए लगत्तै राई पक्राउ परेको भन्दै सामाजिक सञ्जालमा लामिछानेलाई बधाई दिएका छन् ।