© २०२३
काठमाडौं,२४ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ९ बजे बैठक बस्ने तय भएको हो । नयां सत्ता गठबन्धनपछि प्रतिपक्षमा आइपुगेपछि अब संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको महामन्त्री गगन थापाले बताए । बैठकमा प्रदेश सरकारमा आइरहेको परिवर्तन र आगामी रणनीतिका बारेमा पनि छलफल हुने उनले बताए।
संघीय संसद्को दुवै सदनको बैठक आजका लागि बोलाइएको छ। संसद्को अघिल्लो बैठकसम्म कांग्रेस सत्तासाझेदार दल थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझेदार परिवर्तन गरेसँगै कांग्रेस प्रतिपक्षमा आइपुगेको हो।