© २०२३
काठमाडौं,२४ फागुन । सरकारमा सहभागी हुने मन्त्रीबारे टुंगो लगाउन जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु भएको छ ।
जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ। तर मधेश प्रदेश सरकारको निरन्तरतालगायत विषयमा आश्वस्त हुन नसक्दा उसले बुधबार मन्त्री पठाएको थिएन ।
पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बैठक शुरु भएको पार्टीका प्रचार प्रसार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। जसपाका १५ संघीय सांसद छन् । जसपालाई दुई मन्त्रालय दिने गठबन्धनमा सहमति भएको छ ।