© २०२३
बुटवल, २३ फागुन । सत्ता गठबन्धनका तीन दलबाट ७ मन्त्रीको टुंगो लागेको छ । माओवादीबाट नारायणकाजी श्रेष्ठले परराष्ट्र र वर्षमान पुन अनन्तले अर्थमन्त्रीको रूपमा जिम्मेवारी पाउने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारका क्रममा श्रेष्ठलाई परराष्ट्र र पुनलाई अर्थमन्त्री बनाउने भएका हुन् । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने सहित आफूले पाएका ४ मन्त्रालयमा जाने मन्त्रीको टुंगो लगाएको छ । जस अनुसार श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।
पार्टी उपसभापति डा स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।
यस्तै नेकपा एमालेबाट सरकारको नेतृत्व पार्टीसचिव समेत रहेका रघुवीर महासेठले गर्ने भएका छन् । चार दलीय गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँट भएको छ । जसमा एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित महासेठलाई सरकारको नेतृत्व गरेर पठाउने भएको छ ।
एमालेबाट सरकारमा ९ जना मन्त्री बन्ने भएका छन् । जसमध्ये पदम गिरी मन्त्री भइसकेका छन् भने बाँकी ८ जनामध्ये महासेठको नाम टुंगिएको हो ।