© २०२३
बुटवल,२३ फागुन । मुख्यमन्त्री डिल्लीबहादुर र्चौधरीले माओवादी केन्द्रबाट मन्त्री बनेका दुई जनालाई बर्खास्त गरेका छन । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै मुख्यमन्त्रीले माओवादीका मन्त्रीहरु अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्ण केसीलाई बर्खास्त गरेका हुन् । अब सरकारमा कांग्रेसबाट मुख्यमन्त्री चौधरीसहित तीनजना तथा जसपा, लोसपा, जनमत, र नागरिक उन्मुक्ति पार्टीबाट एक एक जना गरी ७ जना मन्त्री छन् । राप्रपाबाट मन्त्री भएका जानकीप्रसाद यादव काठ विक्रिमा भ्रष्टाचार भएको आरोपमा मुद्दा परेपछि निलम्बनमा छन् ।