© २०२३
धनगढी, २२ फागुन । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका दुईजना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ।
केन्द्रमा कांग्रेस माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन्।
मुख्यमन्त्री शाहले मन्त्रीमण्डल पुनर्गठन गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्।
बर्खास्त हुनेमा उद्योग पयर्टन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन्।
मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेपनि नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्री भने यथावत रहेका छन्।
सुदूरपश्चिममा नाउपा र एकीकृत समाजवादीको समर्थन कायम भए मुख्यमन्त्रीलाई सुविधाजनक बहुमुत पुग्छ। सोही कारण मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेका हुन्।
मुख्यमन्त्री शाहले पत्रकार सम्मेलन गर्दै माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरिएको बारेमा जानकारी दिए।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ।