© २०२३
काठमाडौं,२१ फागुन । नेकपा माओवादी केन्द्रले प्रदेश सरकारमा पनि नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले नयाँ सत्ता समीकरण गरेर जाने निर्णय गरेको हो ।
बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रदेशका मुख्यमन्त्री पनि आलोपालाका आधारमा अगाडि बढाउने निर्णय भएको बताए ।
त्यसका लागि नयाँ गठबन्धनको बैठक बसिरहेको उनको भनाइ छ । एमालेसहितको नयाँ सत्ता समीकरणले वामपन्थी एकताको दिशामा लैजाने उनको भनाइ छ ।
उनले समाजवादी मोर्चा पनि निरन्तर रहने बताए । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सँगै लिएर जाने र विप्लवजीलाई पनि समेट्ने विषयमा एमाले पनि सकारात्मक रहेको पौडेलले बताए ।