© २०२३
काठमाडौं,२१ फागुन । नयां सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादी पनि समेटिने भएका छ । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले नेकपा एसलाई समेट्नुपर्ने जोड गरेपछि उक्त पार्टी समेटिने भएको हो । आज बसेको माओवादी केन्द्रको बैठकपछि सचिव देवेन्द्र पौडेलले वामपन्थी एकताका लागि नेकपा एसलाई पनि समेट्ने निर्णय भएको बताए । वामपन्थी एकताको जनअपेक्षा रहेको भन्दै एसलाई बाहिर राख्नु नहुने वकालत पार्टीले गरेको बताए । एमालेले नेकपा एसलाई समेट्न मान्ला त भन्ने प्रश्नमा उनले वामपन्थी भनेपछि मान्नुपर्यो, इगो लिएर मात्र हुँदैन भने । नेकपा एसले भने यस विषयमा प्रधानमन्त्रीसँग कुनै छलफल नभएको बताएको छ । नयाँ सत्ता समीकरणको विषयमा प्रधानमन्त्रीले आफूहरूसँग कुनै छलफल नगरेको नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
Photo : File