© २०२३
काठमाडौं,२१ फागुन । अर्थ मन्त्रालय नपाएपछि माओवादीले गठबन्धन फेरको नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले बताएका छन् । काठमाडौंमा पत्रकारसंग कुरा गर्दै विश्वकर्माले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले अर्थ मन्त्रालय दाबी गरिरहेको र कांग्रेस अर्थ मन्त्रालय छाड्न तयार नभएपछि माओवादीले गठबन्धन फेरेको बताए ।
आफ्नो मन्त्री हुँदाहुँदै माओवादीलाई अर्थ मन्त्रालय बुझाउन कांग्रेस तयार नभएपछि प्रचण्डले असन्तुष्टि जनाउँदै आएका थिए । नेता विश्वकर्माले कांग्रेस महासमिति वैठकले आगामी चुनाव एक्लै लड्ने निर्णय गरेपछि माओवादी छट्पटाएको र अर्थमन्त्री संगै राष्ट्रिय सभाको अध्यक्ष र टीआरसी विधेयकका कारण गठबन्धन फेर्न पुगेको बताए ।
उनले आगामी निर्वाचनलाई हेरेर माओवादी एमालेसँग मिलेको बताए । उनले सरकारबाट कांग्रेस बाहिरिने तयारीमा रहेको र केही समयपछि यसको निर्णय आउने बताए ।