© २०२३
काठमाडौं,२१ फागुन । सत्ता गठबन्धनको आज बिहान बस्ने भनिएको बैठक स्थगित भएको छ ।
गठबन्धनका दलहरुबीच छलफल गर्न भन्दै आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको थियो ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने भनिएको उक्त बैठक एकाएक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सत्ता गठबन्धनमा गडबडी सिर्जना भएको र नयां गठबन्धन बन्ने अवस्था आएकाले वैठक स्थगित भएको अनुमान गरिएको छ । प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र, एमाले, रास्वपा र जसपा सहितको सत्ता गठबन्धन बनाइसकेका र त्यसको घोषणा हुन मात्र बांकी रहेको राजनीतिक वृत्तमा चर्चा छ ।
Photo : File