ट्रेंडिंग:

>> हिंसाका घटनामा आएन कमी >> गाउँपालिका पुग्ने सडक नै तीन बर्षदेखि अलपत्र >> सडकमा सरकारको लापरबाहीः फराकिलो सडकमा साँगुरो पुल >> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो >> कर्णालीमा ५२ प्रतिशत बालविवाह >> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल

चिकित्सक दिवसमा सम्मान, मुखपत्र विमोचन तथा अन्तक्र्रिया

समुदायका लागि चिकित्सक, चिकित्सकका लागि समुदाय नारासहित ७४ औ चिकित्सक दिवसमा विविध कार्यक्रम
२१ फाल्गुन २०८०, सोमबार
२१ फाल्गुन २०८०, सोमबार

बुटवल, २१ फागुन ।

समुदायका लागि चिकित्सक, चिकित्सकका लागि समुदाय नारासहित बुटवलमा नेपाली चिकित्सकको ७४ औ स्थापना दिवस मनाईएको छ । चिकित्सकहरु पेशाप्रति रहेको गलत धारणा चिर्दै अब समाजप्रति उत्तरदायी र अपनत्व हुने गरी अघि बढ्न जरुरी रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताए ।

नेपाल चिकित्सक संघ लुम्बिनीको आयोजनामा आइतबार बुटवलमा भएको चिकित्सकलाई अवसर र चुनौती विषयक अन्तत्र्रिmया कार्यक्रममा प्रमुख वक्ता नेशनल डेभलपमेन्ट काउन्सिलका एक्सपर्ट मेम्बर डा. ताराप्रसाद सापकोटाले चिकित्सा वा मेडिकल ब्यवसायीप्रति आम नागरिकको दृष्टिकोण, चिकित्सा क्षेत्रको अवसर र चुनौतीका बारेमा प्रकाश पारे । ‘मेडिकल केयर र हेल्थ केयर फरक पेशा भएपनि दुवैलाई आम नागरिकहरु एउटै रुपमा हेर्ने गर्छन्’— उनले भने । समाजमा चिकित्सकप्रति बनेका नकारात्मक धारणाहरु चिर्न जरुरी रहेको उनले बताए ।

संवेदनशील स्वास्थ्य क्षेत्रमा योगदान दिंदै आएका चिकित्सकको बजार विश्वब्यापी छ, चिकित्सक सेवासुविधा पाउँछन् भन्ने अर्को सकारात्मक धारणा रहेको समेत उनले बताए । अर्कोतर्फ चुनौतीहरुका रुपमा बढी दबाबमा काम गर्नुपर्ने बाध्यता, बढी जोखिम, धेरै ब्यस्तता, कार्य क्षेत्रमा सुरक्षा, शारीरिक र मानसिक दबाब दिने, अनुसन्धानको अभाव देखिएको बताए । चिकित्सकको अधिकारका विषयमा धेरै कानुनहरु बनेको भन्दै उनले यसको कार्यान्वयन अभाव रहेको उनले बताए । उपचारमा आएको बिरामीको जाँच, रोगको पहिचान, परामर्श प्रति चिकित्सकले ध्यान दिनुपर्छ ।

कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष कृष्ण खरेलले वि.सं. २००७ साल फागुन २० गते स्थापना भएको संस्थाको स्थापना दिवसलाई रचनात्मक कार्यक्रम गरी मनाएको बताए ।

कार्यक्रमको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थले उद्घघाटन गर्दै समाजप्रति उत्तरदायित्व भएर सामाजिक क्षेत्रमा चिकित्सकहरु बढी समय दिन जरुरी रहेको बताए ।

यसैबिच कार्यक्रममा ‘मेडिभ्बाईस लुम्बिनी’ चौथो संस्करण मुखपत्रको विमोचन गरिएको छ । चिकित्सक सेवामा ४५ वर्ष देखि निरन्तर सेवा दिदै आएका तौलिहवा निवासी डा. सुशील कुमार श्रीवास्तवलाई कार्यक्रममा सम्मान गरिएको छ ।

कार्यक्रममा शाखाका सहसचिव डा. मोहनलाल तिवारीले संस्थाको भावी कार्यक्रम र योजनाबारे प्रस्तुति दिदै चिकित्सकहरुको सुरक्षा, स्थिर, शैक्षिक शिक्षा, सरकारी दरबन्दी बढाउने, लोकसेवा आयोग खोल्न दबाब दिने, जेल विथआउट बेल कार्यान्वयनका विषयमा संस्थागत पहल थालेको बताए ।

कार्यक्रममा डा. सन्तोष पोखरेलले चिकित्सकको सुरक्षाको विषयमा सरकार गम्भीर नबनेको दुखेसो गरे । संस्थागत रुपमा हकहितभन्दा पनि कुनै पहल नभएको उनले बताए । राजनीति गर्ने सिंढीका रुपमा एनएमबिलाई प्रयोग भएको उनले दुःखेसो गरे । ‘रेपिड एक्सन टिम बनाउनुपर्ने अवस्था आएको छ’–उनले दुखेसो गरे । चिकित्सक देशमा गरेको योगदानको कदर नहँुदा विदेशिनुपर्ने अवस्था आएको उनले बताए ।

कार्यक्रममा पुर्वअध्यक्ष डा नन्दा गुरुङ, ईन्द्र ढकाल, उपाध्यक्ष डा वर्षा थापा, सचिव डा प्रकाश बस्नेतले सबै चिकित्सकहरुलाई संस्थागत रुपमा जोड्ने कामसंगै नया योजनालाई अघि बढाउदै लैजान जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?