© २०२३
सुर्खेत, २० फागुन ।
वीरेन्द्रनगरमा घरको छतबाट लडेर एक जनाको मृत्युु भएको छ । वीरेन्द्रनगर–६ गोदामलाईनमा रहेको नौलो होटलको पहिलो तलाको छतबाट खसेर ५१ व्र्षिय दिप चन्दको मृत्यु भएको हो ।
५१ वर्षीय चन्द गएराती कतिबेला छतबाट खसेका हुन भन्ने केही नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मण शाहीले जानकारी दिए । प्रवत्ता शाहीका अनुसार पहिलो तलाबाट दुई घरको बीचमा खाली रहेको ठाउँमा खसेको अवस्थामा शव भेटिएको हो । उनी विहान मृत अवस्थामा भेटिएका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । चन्द दैलेख नौमुले गाउँपालिका–८ चौराठाका हुन । उनी पूर्व ओभरसियर र शिक्षक हुन् । चन्दको शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।