© २०२३
बर्दघाट, २० फागुन
दादुरा रुवेला रोग विरुद्ध खोप अभियान अन्तर्गत बर्दघाट नगरपालिका वडा नम्बर ४ को १४ केन्द्रमा खोप कार्यक्रम सँचालन हुने भएको छ ।
फागुन २१ गतेदेखि फागुन ३० गतेसम्म बर्दघाट नगरपालिका आधारभूत स्वास्थ्य सेवा केन्द्र ४ ले वडाको १४ स्थानमा खोप सँचालन हुने जानकारी दिएको हो । ‘९ महिना देखि १५ वर्षसम्मका सबै बालबालिकालाई खोप कार्यक्रममा अनिवार्य सहभागी गराउन वडाबासी र विद्यालयहरुमा अनुरोध सहित जानकारी गराइएको छ’ केन्द्र प्रमुख सुदिपा शर्माले भनिन् ।
सेवा केन्द्रले सबै विद्यालयबाट तथ्याँक संकलन गर्दा ५ हजार १ सय ५५ विद्यार्थी र विद्यालय नगएका बालबालिका करिव ५ सय आँकलन गरी सोही अनुसार खोप लगाउने तयारी गरिएको जानकारी दिएको छ ।