© 2026
काठमाडौं, १९ फागुन ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले ५१ प्रतिशत जनमतसहित बहुमतको सरकार बनाउने मिसन ८४ को नारालाई सफल पार्न आफैमा रुपान्तरण पहिलो सर्त रहेको प्रष्ट पारेका छन् । प्रेस चौतारी उदयपुरले आयाजना गरेको कार्यक्रममा केन्द्रीय अध्यक्ष बस्नेतलले दिमागमा कायम रहेको सामन्ती सोचको बन्ध्याकरणसहित आफैमा रुपान्तरण नै मिसन ८४ सफल पार्ने मुल हतियार रहेको बताए ।
‘सवैको मुखमा मिसन ८४ झुन्डिएको छ । के हो मिसन ८४ ? चुनाव हुने बर्ष भएकोले भनिएको हो ? कि त्यसभित्र स्पष्ट मार्गचित्र छ ? भन्दा देश बनाउने योजनासहितको स्पष्ट मार्गचित्र छ । हामी गर्न सक्छौं भनेर नै पार्टीले मिसन ८४ को नारा तय गरेर अभियान चलाएको हो,’ अध्यक्ष बस्नेतले भने, ‘चुनावमा बहुमत प्राप्त गरी एमालेको एकल सरकार गठन गर्न मिसन ८४ भनिएको हो ।’
अध्यक्ष बस्नेतले मिसन ८४ सफल बनाउन एमालेका सवै तहका नेता कार्यकर्तामा रुपान्तरण र धरातलीय यथार्थलाई स्वीकार गर्ने दृढ संकल्प आवश्यक रहेको तथ्य पनि औल्याए ।
“पार्टी अध्यक्षले भिजन दिनुभयो, मिसन तय गरेर गोल हान्ने योजना पनि बनाउनु भयो । अव त्यो मिसन, भिजन टार्गेट र गोलका लागि सवै तहका नेता कार्यकर्ता तयार हुनुपर्छ, हामी आफैभित्र जवर्जस्त रुपमा मौलाएको तोकिएको जिम्मेवारीबाहेक सवै पूरा गर्ने कुसंस्कार हटाउनु नै मिसन ८४ का लागि तयार हुनु हो”– बस्नेतको भनाई थियो ।
उनले पछिल्लो समय नेकपा एमालेमा पनि हरेक बिषयमा अफ्नो ब्यक्तिगत स्वार्थका लागि पार्टी अध्यक्षलाई नै बिवादमा पार्ने गम्भीर रोग लागेको भन्दै नेतृत्वको रक्षा गर्न नलाग्नेहरुले कुनै पनि कुराको नेतृत्व गर्न नसक्ने बताए । उनले त्यसको लागि एमालेका नेता कार्यकर्ताको व्यवहारमा सुधार, सहकार्य र सहअस्तित्व जरुरी रहेको पनि बताए । उनले पार्टी र जनवर्गीय संगठनका नेता कार्यकर्ताले तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने र गुटबन्दी त्याग्नु पर्ने पनि बताए ।
अध्यक्ष बस्नेतले पछिल्लो सयय व्यवस्थाकै विरुद्धमा आक्रमण भइरहेको बताउँदै सवै एकजुट भएर प्रतिवाद गर्न जरुरी रहेको बताए । ब्यवस्था फाल्न र समृद्धिका सपना तुहाएर सधैभरी गरिवहरुको देश हो भन्ने भाष्य स्थापित गर्नका लागि संविधान र एमाले अध्यक्ष केपी ओलीको विरोध भइरहेको तथ्य पनि बस्नेतले औंल्याए ।
उनले संविधान जारी गर्दा नेतृत्वदायी भूमिका निर्वाह गरेको, देश निर्माणको सन्दर्भमा नेतृत्वदायी भूमिका निर्वाह गरेको, छिमेकीको मिचाहा प्रवृत्ति र नाकाबन्दीको विरुद्ध आँखा जुधाएर कुरा गरेको, देशको सार्वभौमिकता, सार्वभौमसत्ता, अखण्डताको पक्षमा अटल भएर उभिएको कारण नै एमाले अध्यक्ष ओलीको विरोध भएको सत्यलाई अन्देखा गर्नेअरु सच्चा नेपाली हुन नसक्ने बताए ।
अध्यक्ष बस्नेतले नेकपा एमालेले अंगिकार गरेको जनताको बहुदलीय जनवादकै कारण मुलुकमा परिवर्तन संभव भएको तथ्य पनि औल्याए । नेकपा एमालेको पहिलो सरकारले २०५१ सालमा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिएर लोककल्याणकारी राज्य के हो भन्ने स्थापित गरेको भन्दै बस्नेतले मुलुक र जनताको हितमा एमाले नेतृत्वको सरकारले मात्रै काम गरेको सच्चाइ पनि सवैलाई बुझाउनु पर्ने बताए ।
पछिल्लो समय बिदेशीकै योजनामा पुराना पार्टी सबै एकै हुन भन्ने प्रचार गरिँदै आएको भन्दै बस्नेतले अहिलेको गठबन्धन सरकारले गरेको जनतामाथिको गद्धारीका कारण यही मौका छोपेर व्यवस्था विरोधीहरू भ्रम फिँजाएर व्यवस्था फाल्न सकिन्छ कि भन्ने अभियान चलाइएको तथ्य पनि राखे ।
‘मुलुकलाई बनाउन नदिनको लागि, मुलुकलाई समृद्धिको बाटोमा जान नदिनको लागि, मुलुकमा अस्थिरता कायम गर्नका लागि ती शक्तिहरू पुराना दल काम लाग्दैनन, सवै एकै हुन भनिरहेका छन, जनतामा भ्रम फिँजाउँदै छन्, यो कुरा चिर्दै हामीले तथ्यको आधारमा जनतालाई बुझाउन जरुरी छ, त्यो भ्रमलाई चिर्न आवश्यक छ’, बस्नेतले भने ।