© २०२३
बुटवल, १८ फागुन । लुम्बिनी प्रदेशमा शुक्रबारदेखी शुरु भएको प्रथम लुम्बिनी महिला भलिबल प्रतियोगिता २०८० मा लुम्बिनी, बाग्मती र एपीएफले विजयी शुरुवात गरेका छन । पाल्पा जिल्ला भलिबल संघको आयोजनामा प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रबद्र्धन प्रायोजक, नेपाल भलिबल महासंघको संयोजन, पाल्पा जिल्ला खेलकुद विकास समिति र प्रदेश भलिबल संघको समन्वय, रामपुर नगरपालिका संरक्षक, रामपुर उद्योग वाणिज्य संघ प्रबद्र्धन प्रतियोगिता संचालन भएको हो ।
पाल्पाको रामपुरमा भएको उद्घाटन खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशमाथि २५–९, २६–२४, २५–९ को जित निकालेको छ । खेलमा लुम्बिनीकी मिना सुनार प्लेयर अफ द म्याचबाट पुरस्कृत भईन । बागमती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई २५–३, २५–५, २५–३ सेटमा जित निकालेको छ । खेलमा बाग्मतीकी जेनिशा विश्वकर्मा प्लेयर अफ द म्याचबाट पुरस्कृत भईन । यसैगरि प्रतियोगिताको दाबेदार विभागिय टिम एपीएफ क्लबले कर्णाली प्रदेशलाई २५–९, २५–५, २५ – १० ले पराजित गरेको छ । खेलमा एपीएफकी राष्मिता दुरा प्लेयर अफ द म्याचबाट पुरस्कृत भईन ।
लुम्बिनी प्रदेश को मन्त्रि सि.के.गुप्ता, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै खेलकुदको उर्वरभुमिका रुपमा पहिचान बनाएको लुम्बिनी प्रदेशमा खेल विकासमा सरकार निरन्तर लागेको बताए ।
पाल्पा जिल्ला भलिबल संघका अध्यक्ष राजु गुरुङले फागुन २३ गतेसम्म हुने प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, उपविजेता टिमले १ लाख ५० हजार रुपैया तथा तृतिय ७५ हजार रुपैया रुपैया ३५ हजार रुपैयाबाट पुरस्कृत गरिने बताए । प्रतियोगिता संचालन गर्न ८४ लाख रुपैया खर्च हुने अनुमान रहेको उनले बताए । दर्शकको सुविधाका लागि दुईतर्फ निर्माण भएको प्याराफिटमा ५ हजार क्षमताको रहेको छ । प्रतियोगिता लिग कम नकआउटका आधारमा जारी प्रतियोगितामा २ समुहमा टप २ टोली सेमीफाइनलमा प्रवेश गर्नेछन ।