© २०२३
धनगढी, १८ फागुन ।
कैलालीमा लम्कीचुहामा सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शुक्रवार एक कार्यक्रमका बिच आयोजनाको शिलान्यास गरेका हुन् ।
लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष तेजबहादुर चलाउनेका अनुसार उक्त आयोजनाबाट लम्कीचुहा नगरपालिकाका ५ वडाका १३ हजार ७ सय ९५ घरधुरीका ७४ हजार ४ सय ५० जना लाभान्वित हुनेछन् । १४ करोड ७७ लाख आयोजना २०८२ सालको भदौमा सम्पन्न हुनेछ ।
आयोजना अन्तर्गत ४ लाख ५० हजार लिटर क्षमता भएका भूमिगत ट्याङ्की पनि निर्माण गरिने निर्माण कम्पनी प्रशंसा कन्स्ट्रक्सनका सञ्चालक दीर्घराज जोशीले बताए ।
१४ करोड ७७ लाख ९५ हजार ६ सय १३ रुपैयाँ २५ पैसाको कुल लागतमा निर्माण हुने पहिलो चरणको आयोजनामा खानेपानी मन्त्रालयको ७० प्रतिशत अर्थात् १० करोड ३४ लाख, लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २५ प्रतिशत अथवा ३ करोड, ६९ लाख र लम्कीचुहा नगरपालिकाको ७३ लाख ८९ हजार लगानी रहेको छ ।
आयोजनाबाट लम्कीचुहाका वडा नं १ र वडा नं २ मा पुरै र वडा नम्बर ३,४ र ५ मा आंशिक रूपमा २४ सै घण्टा कर्णाली नदीको पानी पुगाइने छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी