ट्रेंडिंग:

>> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

रुपन्देही र इलामका होटेल व्यवसायीको माग : पर्यटनलाई सरकारले मुख्य एजेण्डा बनाओस्

१८ फाल्गुन २०८०, शुक्रबार
१८ फाल्गुन २०८०, शुक्रबार

बुटवल,१८ फागुन ।    पर्यटनलाई तीनै तहका सरकारले आर्थिक समृद्धिको मुख्य एजेण्डा बनाएर जानुपर्ने रुपन्देही र इलामका पर्यटन व्यवसायीहरुले माग गरेका छन् ।

नेपालको प्राकृतिक सुन्दरता, भौगोलिक र सांस्कृतिक विविधता आदि कारणले अन्य क्षेत्र भन्दा पर्यटनमा ठूलो संख्यामा छिमेकी भारत र चीन तथा विदेशीलाई भित्राएर अर्थतन्त्र चलायमान बनाउन सकिने व्यवसायीको तर्क छ ।

इलामको पर्यटन प्रवद्र्धनका लागि रुपन्देही आएको टोलीलाई नेप्लिज होटेलियर्स एशोसिएसन एनएचए लुम्बिनीले तिलोत्तमाको एसआर होटेलमा स्वागत गर्न आयोजित कार्यक्रममा दुबै जिल्लाका होटेल तथा पर्यटन व्यवसायीहरुले सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने हो भने देशको अर्थतन्त्रमा छिटै सुधार आउने बताए ।

दुबै ठाउंका पर्यटन व्यवसायीले तत्कालका लागि अरु देशका भन्दा भारतका पर्यटक नै नेपालको पर्यटनका मुख्य पाहुना भएकाले भारतीय पर्यटकलाई सहज तरिकाले आउन, घुम्न र चाहे जति पैसा खर्च गर्न पाउनुपर्ने व्यवस्था सरकारले मिलाइदिनुपर्ने माग गरे ।

एनएचए लुम्बिनीका अध्यक्ष प्रणिबहादुर पाठकले सरकारले नीतिगत सुधार गरि पर्यटकमैत्री बनाइदिनुपर्ने र व्यवसायीले पनि नौला प्रडक्ट र गुणस्तरीय सेवा दिन सक्नुपर्ने बताए । इस्लाम धर्मावलम्बीको मक्का मदिना जस्तै बुद्ध जन्मस्थल लुम्बिनीलाई बौद्धमार्गी जीवनमा एकपटक जानैपर्ने थलोको रुपमा ब्राण्डिङ गर्न सरकारले अन्तर्राष्ट्रिय जगतमा पहल गर्नुपर्ने अध्यक्ष पाठकले बताए ।

सरकारको मात्रै मुख ताकेर नहुने भएकाले आफूहरुले प्रोमोटिङ इच अदर को नारा अनुसार देशका प्रमुख पर्यटकीय स्थानका व्यवसायीहरुबीच सहकार्य गरेर कनेक्टिभिटी गरेर पर्यटकको बसाई अवधि लम्ब्याउने अभियानमा रहेको बताए । अध्यक्ष पाठकले एनएचएको एउटा वैठक इलाममा आयोजना गर्ने प्रतिवद्धता समेत जनाए ।

एनएचएका उपाध्यक्ष दिलिप गौचनले नेपालमा पर्यटनबाट व्यवसायी र देशले विदेशी मुद्रा आर्जन गर्नसक्ने र ठूलो संख्यामा रोजगारी सिर्जना हुने प्रचूर संभावना भएको तर सरकारले अहिलेसम्म पर्यटनलाई मुख्य एजेण्डा नबनाउंदा पर्यटन क्षेत्र पछि परेको बताए ।

कार्यक्रममा होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले इलाम पनि पर्यटकीय दृष्टिले धेरै राम्रो संभावना बोकेको जिल्ला भएपनि कन्याम वाहेक अरु थुप्रै महत्वपूर्ण पर्यटकीय क्षेत्रसम्म पर्यटक पुग्न नसकेको बताए ।

इलाममा भारत,भुटान र चीन गरी तीन देशको भूगोल एकसाथ हेर्न सकिने सन्तकपुर हिमाल,नेपालको पुरानो चिया प्रशोधन उद्योग,किरातहरुको आस्थाको धरोहर माङसेबुङ,पाण्डवहरु बसेको माइ पोखरी,अन्तु हिमाल लगायत पर्यटकीय स्थान रहेका जानकारी गराए ।

कार्यक्रममा एनएचएका महासचिव विकास पाण्डे,कोषाध्यक्ष पदम केसी, सहकोषाध्यक्ष प्रणदा दीक्षित,कार्यकारिणी सदस्य टेकनाथ बस्याल,इलामको टोलीमा आएका कांग्रेस नेता राजेन्द्र शर्मा , एमाले नेता ठाकुर नारायण श्रेष्ठ, उद्योग बाणिज्य सँग इलामकी सदस्य शारदा पराजुलीले एक अर्को ठाउंका व्यवसायीबीच भेटघाट, भ्रमण र सहकार्यले अनुभव आदान प्रदानसंगै आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?