© २०२३
दाङ,१७ फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवालाई ब्यवस्थित बनाउने उद्देश्यले आजदेखि टोकन प्रणाली सुरु भएको छ । प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले रिवन काटेर टोकन प्रणालीको सुरुवात गरका हुन् ।
उपकुलपति डा लामिछानेले सेवालाई ब्यवस्थित र छिटो छरितो बनाउन टोकन प्रणालीले सहयोग पुर्याउने बताए। उनले अवदेखि विरामिको पालो मिचिने गुनासो पनि अन्त्य हुने बताए ।
अस्पतालमा उपचारका लागि आउने विरामीहरुले अवदेखि आफुले लिन चाहने सेवा ओपिडि , स्वास्थ्य विमा र विलिङ काउन्टरका लागि नाम दर्ता गरी टोकन लिई बस्नुपर्ने छ । प्रतिष्ठान स्थापना भएपछि पहिलोपटक टोकन प्रणलि लागु गरिएको अस्पतालका सुचना अधिकारी निशानदाजु भट्टरार्र्इले बताए । अस्पतालको सेवा लिनका लागि सुरुमा टोकन लिई पालो कुर्न र कुनै कारणवस पालो कटेमा नयाँ टोकन लिएर नयाँ पालो कुर्नुपर्ने प्रतिष्ठानका कामु निर्देशक डा रमेश कडेलले बताए । टोकन प्रणालि जडित मेसिन घोराही स्थित सिद्धार्थ बैँकले सौजन्य गरेको छ भने लक्ष्मी बैँक घोराहीले ६ वटा काउण्टरको लागि डिजिटल वोर्ड र एनाउन्सका सामग्री सहयोग गरेको छ ।