© २०२३
सुर्खेत, १७ फागुन ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को कर्णाली प्रदेश समिति अध्यक्षमा ललिता रेग्मी निर्वाचित भएकी छन् । अ.ने.म.संघ कर्णाली प्रदेशको प्रथम सम्मेलनबाट रेग्मी अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा फागुन १४–१६ गतेसम्म सञ्चालन भएको अ.ने.म.संघको प्रथम प्रदेश अधिवेशनले रेग्मीको अध्यक्षतामा समिति चयन गरेको हो ।
रेग्मीकोे नेतृत्वमा ९९ सदस्यीय कर्णाली प्रदेश समिति निर्वाचित भएको छ । संघको उपाध्यक्षहरुमा निर्मला विष्ट (रुकुमपश्चिम), गंगादेवी उपाध्याय (जुम्ला), देविका लामिछाने (जाजरकोट) र कृष्णकला शाही (कालीकोट) निर्वाचित भएका छन् । सम्मेलनले सचिव गीता तिमिल्सिना (सुर्खेत) र सहसचिवमा निर्मला बिसी (डोल्पा)लाई चयन गरेको छ ।
कोषाध्यक्ष समितिको पहिलो बैठकको निर्णयबाट चयन गरिने बताइएको छ । अनेमा संघको पहिलो सम्मेलनले हाल ८९ सदस्य चयन गरिएको र बाँकी १० सदस्य प्रदेश समितिको पहिलो बैठकबाट मनोनित गरिनेछ । नवगठित समितिले प्रदेशभरिका संगठनात्मक कामहरुलाई अगाडि बढाउनेछ । प्रदेश सम्मेलनमा प्रदेशका दश जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।