ट्रेंडिंग:

>> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

रुपन्देहीको व्यवसाय चलायमान बनाउन सुझाव संकलन

१७ फाल्गुन २०८०, बिहीबार
१७ फाल्गुन २०८०, बिहीबार

बुटवल, १७ फागुन ।   रुपन्देहीको ब्यापार व्यवसाय चलायमान बनाउन उद्योग ब्यापार संघ बुटवलले विभिन्न पेशागत र वस्तुगत व्यवसायिक संघसंस्थासंग सुझाव संकलन र अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा व्यवसायिक संघसंस्थाका प्रमुखहरुले प्रदेश राजधानी बुटवलबाट दाङ सर्नु, कोराना महामारीको असर, आर्थिक मन्दी, चर्को बैंक ब्याज दर, महंगो घर भाडा,खुला सीमाबाट हुने तस्करी र भन्सार छली र युवा जनशक्तिको विदेश पलायन जस्ता कारणले रुपन्देहीको उद्योग,ब्यवसायमा संकट आएको बताए ।
रुपन्देहीको उद्योग व्यवसायलाई पुन: गुल्जार बनाउन व्यवसायिक संघसंस्थाहरु एकजुट भएर नीतिगत सुधारका लागि सरकारलाई दबाव दिनुपर्नेमा उनीहरुले जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुलीले विगतका सरकारले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र तथा ब्यापार विविधिकरणमा ध्यान नदिंदा मुलुक परनिर्भरता र ब्यापार घाटाले थिलोथिलो भएको बताए । देशको अर्थतन्त्र उत्पादनमुखी नभई राजस्व र रेमिट्यान्समुखी हुंदा अहिलेको अवस्था आएको महासचिव पराजुलीले स्पष्ट पारे ।

बैंकहरुको लगानी र व्यवसायको ठूलो हिस्सा सीमित व्यवसायिक घरानाको कब्जामा हुंदा साना तथा मझौला उद्योगी व्यवसायी सधैं मारमा परेका उल्लेख गर्दै पराजुलीले ठूला व्यवसायीको एकाधिकार तोड्न एकजुट हुनुपर्ने आग्रह गरे । बैंक सञ्चालकहरु नै उद्योगी व्यवसायीका संस्थाको नेतृत्वमा हुंदा उद्योगी व्यवसायीका समस्या समाधान हुन नसकेको पनि महासचिव परराजुलीले औंल्याए ।
उनले व्यवसायीको कारोबारको फूल अडिटको नाममा राजस्वका कर्मचारीलाई कमाई खाने भांडो भएकाले यसलाई नियन्त्रण गरिनुपर्ने बताए ।
उद्योगी व्यवसायीले भोगेका नीतिगत समस्याबारे महासंघले सम्बन्धित मन्त्रालय र विभागमा लिखित सुझाव दिएर समस्या समाधान गर्न सरकारलाई निरन्तर दवाव दिइरहेको भन्दै उनले अर्थतन्त्रमा अब सुधार आउने समेत बताए ।
संघका सल्लाहकार ज्योति भण्डारीले प्रदेश राजधानी सरेको लगायत कारणले रुपन्देहीको ब्यापार व्यवसाय धरापमा परेको र अब व्यवसाय चलायमान बनाउन सरकारको मात्र मुख नताकी व्यवसायी एकजुट भएर लाग्नुपर्ने बताए । उनले बुटवलको व्यवसाय र होटेललाई सस्तो र गुणस्तरीय ब्यापारिक हब बनाउनुपर्ने सुझाव दिए । व्यवसाय चौपट भएको अवस्थामा समेत राजस्वका कर्मचारी र प्रहरी प्रशासनले व्यवसायीलाई अनावश्यक दुख दिने गरेको भन्दै यो तत्काल रोकिनुपर्ने बताए ।

महासंघका केन्द्रीय सदस्य पुष्पराज ढकालले केन्द्रमा बस्ने ठूला व्यवसायीले साना मझौला व्यवसायीको पक्षमा नीति र ऐन कानून बन्न नदिने परिपाटी रोक्न लाग्नुपर्ने सुझाव दिए ।
उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले रुपन्देहीका विभिन्नथरिका पेशागत र वस्तुगत ब्यापार व्यवसायमा देखिएका नीतिगत समस्याको पहिचान र व्यवसाय चलायमान बनाउने उपायको खोजी गरी महासंघलाई सुझाव दिन अन्तरक्रिया गरिएको बताए ।

अन्तरक्रियामा होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले रात्रीकालीन व्यवसाय सञ्चालन गर्न सके व्यवसायमा स्धार आउने बताए । घर बहाल सरोकार संघका अध्यक्ष राजु लिगलले स्पष्ट घर बहाल ऐन नहुंदा मनपरी र चर्को घर भाडा र घरधनीको मनोमानीले व्यवसायी मारमा परेको बताए ।

यस्तै उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्नद पौडेल, मासु व्यवसायी संघका सचिव विशाल थापा,बुटवल अटो इन्जिनियरिङ एशोसिएसनका अध्यक्ष तुल्सीराम न्यौपाने,ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष बुद्धिप्रसाद गुरुङ, मुद्रण उद्योग संघका अध्यक्ष पशुपति पौडेल,हाटबजार व्यवसायी संघका अध्यक्ष मनिराम पोखरेल,विद्युत व्यवसायी संघका अध्यक्ष लोकनाथ पोखरेल,व्यवसायी तुल्सी भण्डारी, ढुवानी व्यवसायी कमलराज ढुंगाना लगायतले खुला सीमाबाट हुने भन्सार छली र तस्करी, चर्को भन्सार दर, तस्करीमा स्वयं व्यवसायी र सुरक्षाकर्मीको संलग्नता, विना दर्ताका झोले व्यवसाय, राज्यको स्वदेशी व्यवसायीलाई संरक्षण गर्ने नीतिको अभाव जस्ता कारणले व्यवसाय धरापमा परेको धारणा राखेका थिए ।
संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी,उद्योग उपाध्यक्ष पदम जीसीले रुपन्देहीको व्यवसाय चलायमान बनाउने उपायको खोजीमा उद्योग ब्यापार संघ बुटवलले निरन्तर वहस र अन्तरक्रिया गर्ने बताए । अन्तरक्रियामा रुपन्देही र कपिलवस्तुका विभिन्न पेशागत र वस्तुगत गरी करिब ३० वटा व्यवसायिक संघसंस्थासंग सुझाव संकलन गरिएको संघका महासचिव यमलाल मरासिनीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?