© २०२३
बाठमाडौं, १६ फागुन ।
नेकपा माओवादी केन्द्रको कार्य विभाजनप्रति पार्टीका उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बिहानदेखि सुरु भएको पार्टी स्थायी समिति बैठकमा नेता शर्माले निर्णयप्रति लिखित असहमति जनाएका हुन्।
उनले प्रदेश इन्चार्जहरू हेरफेर गर्दा आफूप्रति पूर्वाग्रह राखिएको गुनासो गरेका छन्।
‘विधान अधिवेशन लगत्तै बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै नराख्नु विधान अधिवेशनले पारित गरेको निर्णयहरुको भाषिक रुपले सम्पादन गरी कार्यान्वयन गर्ने कार्यभारप्रति वेवास्ता गर्नु र पारित विषयलाई वेवास्ता गरी विधि विहीनतालाई निरन्तरता दिने उद्देश्य देखिनु खेदजनक कुरा हो,’ पार्टी निर्णयप्रति असहमति जनाउँदै शर्माले भनेका छन्, ‘विधान अधिवेशनबाट पारित भएका निर्णहरु सम्पादन गरी तुरुन्त कार्यान्वयन गर्न माग गर्दछु।’
उनले स्थानीय कमिटीमा कार्य विभाजन एजेन्डाबारे गृहकार्यको नाममा पटक पटक बैठक सरेको र फागुन १५ गते प्रस्तावित भई असहमतिकाबीच पारित गरिएका निर्णयहरुप्रति गम्भीर असहमति जाहेर गरेका छन्।