ट्रेंडिंग:

>> विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गर्दै प्रधानमन्त्रीलाई  ज्ञापन–पत्र   >> बाल्टीमा डुबेर एक बर्षीय बालकको मृत्यु >> मानव कल्याण समाज दाङको आयोजना  ज्ञान  विज्ञान महायज्ञको आय व्यय सार्वजनिक  >> वेष्टर्न रुपन्देही सुपर लिग च्याम्पियन >> उप सम्पादक खनाललाई उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार प्रदान >> स्थानीय तहमा पुग्दै हुलाक कार्यालय, खुम्चिदै सेवा >> लखन कपमा सम्पूर्ण युवा क्लब विजयी >> अन्ततः गायिका एलिना चौहानले गरिन सबन्धबिच्छेद >> भूमि सम्बन्धीबाहेक अन्य ५ अध्यादेशको पक्षमा मतदान गर्न सकिने जसपा नेपालको निर्णय >> पर्सामा भारतीय नागरिकको हत्या आशंका >> लगातार ५ दिनसम्म घटेको शेयर बजारमा आज हरियाली >> स्थानीय तहका कर्मचारीले कर्णाली सरकारलाई दिए चार दिनको अल्टिमेटम >> अमेरिकामा विमान दुर्घटनामा वृद्धि, स्कट्सडेलमा दुई विमान ठोकिए >> संसद बैठक १५ मिनेटका लागि स्थगित >> सेवाग्राही विदेश गएपछि बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किए >> ५५ किलो गाँजा, १३ किलो अफिम, १ लाख बढी रुपैयाँ बरामद >> जसपा नेपालले भुमी सबन्धी अध्यादेशको बिपक्षमा मतदान गर्ने >> निर्देशक एट्लीले सलमान खानसँग ५०० करोडको फिल्म बनाउँदै >> दाङमा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु >> रुकुम पश्चिममा जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा >> बुधबार रानीमहलमा अन्तर-प्रदेश बैठक >> लखन कपमा द एक्स विजयी >> अमेरिकामा फेरी ठोक्किए दुइ बिमान, १० दिनमा अमेरिकामा चौथों बिमान दुर्घटना >> सुन तोलाको ६ सय रूपैयाँले बढयो >> सामाजिक सञ्जाल विधेयक फिर्ता लिन सुमना श्रेष्ठको माग >> सडक दुर्घटनाका कारण र समाधानका उपाय >> विश्व सुरक्षित इन्टरनेट दिवस,प्रविधिको दुरुपयोगले बढाउँदै विकृति >> विद्युतको तार सर्ट हुँदा आगलागी, लाखौंको क्षति >> दाताले हात झिक्दा थलामा सशक्तिकरण कार्यक्रम >> बिपद प्राधिकरणको सिईयो नियुक्तिमा बिज्ञतालाई ध्यान दिन सरोकारवालाको जोड >> प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ? >> माओवादी घटकहरूबीच एकता हुँदै : कृष्णबहादुर महरा >> ३ प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना >> लुम्बिनी च्याम्पियनसिप फुटबलमा एसएसएफएको विजयी शुरुवात >> छविलाल बन्जाडे जोसीलाई  पुर्पक्षका लागि थुनामा पठाउने आदेश  >> अवरुद्ध घोराही तुलसीपुर सडक खुल्यो >> यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि सञ्चारकर्मी कार्यशाला >> मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित >> थ्री बाई थ्री एनबिसी बास्केटबल सुरु >> स्वर्गिय रबि गौतमको स्मृतिमा रक्तदान >> राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयोः रास्वपा सांसद श्रेष्ठ >> भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी सामानमा भन्सार महसुल घटाउने तयारी  >> प्रधानमन्त्री ओली संविधान खारेज गर्ने पक्षमा रहेको प्रचण्डको आरोप >> अख्तियारको ३४ औं स्थापना दिवसमा मुख्यमन्त्री आचार्य : भ्रष्टाचार अन्त्यका लागि शून्य सहनशीलताको नीति >> भ्रष्टाचारलाई छानविनको दायरामा ल्याउनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड >> मकवानपुरमा ग्यास बुलेट दुर्घटना, सडक एकतर्फी सञ्चालन >> सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँ बढ्यो >> भ्रष्टाचारको चक्रब्यूह! >> कपिलवस्तुमा नक्कली सीआईडी बनेर ठगी गर्ने दुईजना पक्राउ >> स्पेनिस ला लिगामा रियल र एटलेटिकोको बराबरी, बार्सिलोनाले घटायो अंक दूरी

सुरक्षित महिनावारी अक्षयकोष स्थापना

१५ फाल्गुन २०८०, मंगलवार
१५ फाल्गुन २०८०, मंगलवार

बुटवल, १५ फागुन ।

सेवा सञ्चार (सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल) ले ५० हजार रुपैयाँको ‘सुरक्षित महिनावारी अक्षयकोष’ स्थापना गरेको छ ।

अभियान स्थापनाको ११ औँ वर्षको अवसरमा संस्थाले मंगलवार अक्षयकोष स्थापनाको घोषणा गरेको हो । अक्षयकोषबाट सुरक्षित महिनावारीको क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्ति, संघ संस्था, विद्यालय, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, अस्पताल, पत्रकार मध्ये एक जनालाई हरेक वर्ष पुरस्कृत गर्ने योजना रहेको संस्थाका अध्यक्ष एवं सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता गंगा खड्काले जानकारी दिइन् ।

अक्षयकोष स्थापनाका लागि गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका सह–कोषाध्यक्ष एवं मालिका गाउँपालिका–५ छापहिले गुल्मी निवासी यूवा समाजसेवी झविन्द्र आचार्यले सहयोग गरेका छन् । आफूले चलाएको अभियान र निरन्तरको मागले गर्दा नेपालका सवै सामुदायिक विद्यालयमा २०७७ सालदेखि निःशुल्क सेनेटरी प्याडको व्यवस्था सरकारले गरेको उनले जानकारी गराइन् ।

२०७० साल फागुन १५ गतेदेखि गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेबाट अभियानको शुरुवात गरिएको थियो । विद्यालय केन्द्रित अभियानपछि महिनावारी भएको बेला छात्राहरु विद्यालय नजाने, गएपनि बीचमै पढाई छाडेर घर फर्कने र आफूलाई परेका समस्या ढुक्कसँग नभन्ने, लजाउने जस्ता समस्याहरु नरहेको खड्काले दावी गरिन् ।

‘महिनावारी महिलाहरुले नचाहेर पनि अनूभुति गर्छन् भने पुरुषहरुले यसको चाहेरपनि अनूभुति गर्न सक्दैनन्’,खड्काले भनिन्,‘महिनावारी एउटा सामान्य प्रक्रिया हो भन्ने कुरा सवैले बुझ्नुपर्दछ । महिलालाई प्रकृतिले दिएको अनुपम बरदानको रुपमा यसलाई लिनुपर्दछ ।’ संस्थाले अभियान दिवसकै अवसरमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्वर १० स्थित सालझण्डी माध्यमिक विद्यालयमा महिनावारी समस्या, स्तन क्यान्सर तथा पाठेघर चेकजाँच सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गरेको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?