ट्रेंडिंग:

>> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो

नगरपालिकामा हुलहुज्जत गर्नेमाथि कानुनी उपचार खोजिने

१५ फाल्गुन २०८०, मंगलवार
१५ फाल्गुन २०८०, मंगलवार

बुटवल, १५ फागुन ।

देवदह नगरपालिकाले कार्यालयभित्र हुलहुज्जत गर्ने र तोडफोड गर्नेमाथि कानुनी उपचार खोज्ने बताएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख ध्रुवप्रसाद खरेलले प्रमुख प्रशासकीय अधिकृतमाथि ह्यारेसमेन्ट गरेर लखेट्ने योजना अनुरुप नगरपालिकाभित्र हुलहुज्जत गर्ने र प्रमुख प्रशासकीयको कार्यकक्षमा तोडफोड गर्ने काम भएको भन्दै यसका विरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिए ।

नगरपालिकाले सबै काम कानुनसम्मत, पारदर्शी र विधि प्रक्रिया पु¥याएर गरेको अवस्थामा केही वडाअध्यक्ष र व्यक्तिहरुले आफ्नो नीहित स्वार्थ सि गर्ने उद्देश्य अनुरुप तालाबन्दी गर्ने र गैरकानुनी उच्छृंखल गतिविधि गरेको भन्दै नगरप्रमुख खरेलले हरेक विषयमा सर्वसम्मत निर्णय सम्भव नभएको र सर्वसम्मत नभएको अवस्थामा बहुमतका आधारमा निर्णय गर्ने प्रचलन र अभ्यास सर्वत्र रहेको बताए ।

सोमबार रूपन्देहीको देवदहमा जनप्रतिनिधिहरुले नै अराजक शैलीमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तोडफोड गरेका थिए । नगर खेलकुद विकास समितिको अध्यक्षमा स्थानीय कमल पाण्डेलाई नियुक्त गरेकोमा असन्तुष्ट नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुले नगरप्रमुख ध्रुव खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै तोडफोड समेत गरेका थिए ।

सोमबार बिहान नगरपालिका कार्यालय पुगेका उनीहरुले प्रमुख प्रशासकीय अधिकृत सापकोटाको कार्यकक्षमा प्रवेश गरी उनलाई हातपातको प्रयास गर्दै नाम प्लेट र टेबुल, सिसा फुटालेर फालेका थिए।

आफ्नो कार्यकक्षमै बसेर काम गरिरहेका सापकोटालाई जवरजस्ती बाहिर निकाल्न खोजेपछि प्रहरी र नगर प्रहरीले सुरक्षा दिएर बाहिर निकालेको थियो । सापकोटालाई प्रहरीले कार्यकक्षबाट सुरक्षा दिएर बाहिर निकालेपछि उत्तेजित उनीहरुले नेपाल प्रहरीले बोकेको टियर ग्याँसको गन समेत खोस्ने प्रयास गरेका थिए ।

आफ्नो काम लिएर कार्यालय पुगेका सेवाग्राहीले समेत जनप्रतिनिधिको क्रियाकलापलाई गैरजिम्मेवार, अलोकतान्त्रिक र अराजक चरित्र भनेका छन् । प्रमुख प्रशासकीय अधिकृत सापकोटा आएपछि नगरपालिकाको काम कारवाहीले गति लिन थालेको अवस्थामा कामको गतिलाई रोक्ने र आफ्नो स्वार्थ सिद्ध गर्ने उद्देश्यले यस्तो क्रियाकलाप गरिएको नगरप्रमुख खरेलले बताए ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले स्थानीय शासन सञ्चालन ऐनभित्र रहेर नगरपालिकाले काम अगाडि बढाउने भन्दै त्यसविपरित अघि बढ्न नसकिने बताए । “मैले प्रमुख प्रशासकीय अधिकृतको हिसावले ऐन कार्यान्वयन गर्ने हो, ऐनले जे भनेको छ, जनप्रतिनिधि वा कर्मचारी सबैलाई त्यही गर्नुपर्छ, ऐन विपरित हुने कुनै पनि क्रियाकलाप कसैले पनि गर्न हुँदैन”–उनले भने ।

नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले देवदह नगरपालिकामा केही समयदेखि सुधारका काम अगाडि बढेको अवस्थामा त्यसलाई पचाउन नसक्ने स्वार्थ समूहले विभिन्न बहानामा अराजकता फैलाउन खोजेको आरोप लगाए ।

यसैबीच नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समितिले विज्ञप्तीमार्फत देवदहमा कर्मचारीमाथि भएको हुलहुज्जतको विरोध जनाएको छ । संगठनका महासचिव जीवन काफ्लेद्वारा जारी विज्ञप्तीमा यस्तो अमानवीय क्रियाकलाप गर्ने र कर्मचारीलाई त्रसित बनाई काममा अवरोध सिर्जना गर्नेमाथि कारवाहीको माग गरिएको छ । त्यस्तै नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले देवदह नगरपलिका रुपन्देहीका केही जनप्रतिनिधिहरु प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी कार्यालयको भौतिक सामग्री तोडफोड गर्नुका साथै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई लक्षित गरी गरिएको अमानवीय कार्य प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनका जिल्ला अध्यक्ष प्रेमप्रसाद खनाल र सचिव जीवन पौडेलद्वारा जारी विज्ञप्तीमा नागरिकको सेवामा दिन रात नभनी सेवा प्रदान गर्ने कर्मचारीहरुको सेवामा बढ्दै गएको असुरक्षाले कर्मचारीहरुद्वारा गरिने सेवा प्रवाह कमजोर र कठिन हुँदै गएको उल्लेख छ । उक्त घटनाले सम्पूर्ण राष्ट्रसेवक कर्मचारी असुरक्षित भएको र निर्धक्क भई जनताको सेवा प्रवाह गर्ने अवस्थामा प्रश्न चिन्ह खडा भएको विज्ञप्तीमा उल्लेख छ ।

राजनैतिक द्वन्द्व र समस्याको समाधान राजनीतिक तवरबाट नै गर्नुपर्नेमा सो नगरी स्वयं निर्वाचित जनप्रतिनिधिवाट हुलहुज्जत एवं अमर्यादित कार्य हुनु आफैमा दुखद घटना भएको संगठनले बताएको छ । “राष्ट्रसेवक कर्मचारी प्रति जोसुकैबाट गरिने दुव्र्यवहारले नगारिकको सेवामा अहोरात्र खटिने कर्मचारीको मनोबल खस्किने हुँदा हामी त्यस्ता क्रियाकलाप प्रति भत्र्सना एवं खेद प्रकट गर्दछौं”–विज्ञप्तीमा भनिएको छ ।
यस्ता अपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न र कार्यस्थलको सुरक्षा प्रत्याभूति दिलाइ कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण मिलाउन समेत संगठनले माग गरेको छ ।

एमाले देवदह नगर कमिटीले समेत विज्ञप्ती जारी गर्दै घटनाको निन्दा र भत्र्सना गरेको छ । नगर अध्यक्ष केशवप्रसाद भट्टराईúारा जारी विज्ञप्तीमा घटनाको घोर भत्र्सना गर्दै संलग्नमाथि कानुनी कारवाहीको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%