ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा ३५९ जनाविरुद्ध मुुद्दा

१४ फाल्गुन २०८०, सोमबार
१४ फाल्गुन २०८०, सोमबार

काठमाण्डौ ।

झापा दमकमा रहेको बालुवाटारको करिब ७८२ रोेपनी सार्वजनिक जग्गा व्यक्तिका नाम दर्ता गरिएको खुलासा भएको छ । सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई फरक मुद्दामा  ३५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार एउटा मुद्दामा १८७ जना तथा अर्को मुद्दामा १७२ जनालाई प्रतिवादी दाबी गर्दै आइतवार विशेष अदालतमा मुद्दा दायर गरिएको छ । दुई छुट्टाछुट्टै मुद्दामा मुख्य अभियुक्तका रूपमा माओवादीका स्थानीय नेता गगन भनिने रेवतराज पुरी, झापा चन्द्रगढीका तत्कालीन तीन प्रमुख नापी अधिकृत शशिकान्त झा, विष्णुकुमार न्यौपाने र संसारनाथ पाण्डे तथा दमक, झापाका तत्कालीन प्रमुख मालपोत अधिकृत बच्चुराम कार्कीसहित भूमाफिया, नेता, कर्मचारी र बिचौलियालाई विपक्षी बनाइएको छ ।

हाल साविक जग्गा दर्ता प्रक्रियाबाट बालुवाटारको करिब ३९७ रोपनी जग्गा गैरकानुनी रूपमा सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा दर्ता गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले नापी कार्यालय चन्द्रगढी झापाका तत्कालीन प्रमुख नापी अधिकृत विष्णुकुमार न्यौपानेसहित १७२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

यो जग्गाको न्यूनतम मूल्याङ्कन ३४ करोड ६६ लाख ५४ हजार ८ सय  गरिएको छ । माओवादी नेता पुरीसहित नापी कार्यालय चन्द्रगढीका कर्मचारी १० जना, मालपोत कार्यालय दमकका कर्मचारी ११ जना, नापी कार्यालय, दमकका कर्मचारी ७ जनालाई प्रतिवादी बनाइएको छ । सार्वजनिक जग्गा गैरकानुनी रूपमा हाल साविक गर्दा व्यक्तिका नाममा दर्ता कायम गरेका ३६ जना जग्गा धनीलाई बिगो असुल तथा जग्गा जफतका लागि १ सय ८ जना प्रतिवादी बनाइएको छ ।

यस्तै माओवादी केन्द्रका नेता पुरीको नेतृत्वमा दमकको बालुवाटारकै करिब ३८४ रोपनी जग्गा पनि व्यक्तिका नाममा दर्ता गराइएको छ । यो जग्गाको न्यूनतम मूल्याङ्कन ४१ करोड ६२ लाख १९ हजार ८ सय १ हुने देखिएको छ । यो प्रकरणमा अख्तियारले नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसमेत १८७ जनालाई प्रतिवादी बनाएको छ ।

सरकारी सार्वजनिक जग्गा गैरकानुनी तरिकाले स्ववासी जग्गादर्ता प्रक्रियाबाट आफ्नो नाममा दर्ता कायम गरेका शुरु जग्गा दर्तावाला ७४ जना र बिगो असुलउपर तथा जग्गा जफत प्रयोजनका लागि मात्र ११३ जना गरी जम्मा १८७ प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र बिगोबमोजिमको जरिबानाको सजाय गरी बिगो असुलउपर हुन मागदाबी  गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?