ट्रेंडिंग:

>> सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी >> तुलसीपुरका भाडामा रहेका वडाले आफ्नै भवनबाट सेवा दिंदै >> पाल्पामा सुन्तला महोत्सव हुने >> एमालेले विरासत फर्काउँदा काँग्रेसले गुमायो >> दुइ खेल हारेकाे बिराटनगरकाे राेमाञ्चक पहिलाे जीत, लुम्बिनी लायन्स पराजित >> जथाभावी सडक निर्माणले विपत्ती: मुख्यमन्त्री कँडेल >> सुनसरीमा सरकारी गाडीबाट ६९० किलो गाँजा बरामद >> श्रीमतीको ‘झोला काण्ड’ बचाउन खोज्दा खोज्दै महाअभियोगसम्म द. कोरियाली राष्ट्रपति >> चलचित्र बोर्डले ११ हललाई कानूनी पत्र >> दक्षिण कोरियामा महाभियोगको प्रस्ताव, राष्ट्रपति योलको चुनौती >> एपीएल: लुम्बिनी लायन्सले बनायो उच्च स्कोर, विराटनगर किङ्सलाई १९२ रनको लक्ष्य >> ज्येष्ठ नागरिक सम्मान तथा न्यानो स्विटर वितरण >> यी हुन बिआर आई फ्रेमवर्क भित्र परेका १० आयोजना >> बारा र कपिलवस्तुमा करेन्ट लागेर २ जनाको मृत्यु >> चितवनमा रविका समर्थक र प्रहरीबिच झडप (फोटोफिचर) >> राष्ट्रपति पौडेलको प्रोस्टेट शल्यक्रिया सफल, अवस्था सामान्य >> विराटनगरले टस जितेर पहिले बलिङ रोज्यो, लुम्बिनीलाइ जित्ने दाउँमा >> चितवनमा रास्वपाको प्रदर्शन, प्रहरीद्धारा बल प्रयोग >> नेपाल र चीनबिच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर >> भुटानका राजा भोली नयाँ दिल्ली जाँदै >> एनपीएल : करणको विष्फोटक ब्याटिङमा काठमाडौको पहिलो जित >> पुष्पाः२ फिल्म लामो भए पनि बोर हुने छैन्ः फिल्म समिक्षक >> दक्षिण कोरियाका राष्ट्रपति बिरूद्द ‘मार्शल ल’ लगाउने महाअभियोग दर्ता >> कर्णालीले दियो काठमाडौंलाइ १५० रनको लक्ष्य, शिखर धवन एक्लैले जोडे ७२ रन >> रोजगारीको प्रलोभनमा मानव तस्करीको स्वरुप फेरिएको छः सांसद केसी >> माओवादी प्रवासद्दारा बाढी पिडितलाई ५ लाख सहयोग >> एनपिएलमा सट्टेबाजी खेलाउने भारतीयहरू त्रिवि क्रिकेट मैदानभित्रै >> रूपन्देही डान्स स्टार सिजन–४ फाईनलमा २० प्रतिस्प्रर्धी >> महेशपुर भन्सार राजश्व घटेपछि प्रमुखको सरुवा >> कपिलवस्तु महोत्सवको तयारी पुरा >> जनप्रतिनिधिको तलब सुविधा कटौतीको कुरा >> एनपीएलमा कर्णाली र काठमाण्डौ तथा विराटनगर र लुम्बिनीको खेल आज >> कालीगण्डकी कोरिडोर सडक आजदेखि एक साता बन्द >> सिमेन्ट उद्योगले मूल्य बढाउँदा मर्कामा उपभोक्ता >> चुनौती बन्दै बीस वर्ष वारिका ‘आमा’ >> जाडो बढ्दै, कस्तो रहला आजको मौसम ? >> नेपाल-चीन १२ बुँदे संयुक्त वक्तव्य जारी, केरुङ-काठमाडौं रेलदेखि पोखरा र लुम्बिनीमा सीधा उडान >> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ?

गोली चलाएको आरोपमा चार पक्राउ

१३ फाल्गुन २०८०, आईतवार
१३ फाल्गुन २०८०, आईतवार

सुर्खेत, १३ फागुन ।

वीरेन्द्रनगरमा गएराति गोली चलाएको भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर नगरपालिका – १ को गौरीटोलमा राति ९ बजेतिर गोली चलेको थियो । वीरेन्द्रनगर वडा नम्वर एकका स्थानीय विनोद गिरीको गाडीलाई लक्षित गरी गोली हानिएको हुन सक्ने प्रहरीको अनुमान छ । गिरी चढेको गाडीमा गोली लागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मण शाहीका अनुसार विनोद चढ्दै आएको गाडी र मोटरसाइकलमा क्षति पुगेको छ । घटनामा संलग्न भएको आरोपमा चार जना पक्राउ परेको भएपनि उनीहरूको परिचय प्रहरीले सार्वजनिक गरेको छैन । अनुसन्धानमा समस्या आउन सक्ने भन्दै उनीहरुको परिचय भने गोप्य राखिएको छ ।

गिरी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला सदस्य समेत हुन् । फागुन १३ गतेदेखि वीरेन्द्रनगरका सञ्चालन हुने कर्णाली एक्सपोको विषयमा रहेर विवाद सिर्जना भएको थियो । सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको उक्त महोत्सवको ठेक्काको विषयलाई लिएर दुर्ई समुहबिच विवाद भएको देखिन्छ । प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान हुँदै गरेको डिएसपी शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?