© २०२३
बुटवल, १२ फागुन । देवदहमा जारी तेस्रो वडाअध्यक्ष कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि उपाधी आरके एफसीले चुमेको छ । शनिबार भएको फाईनल खेलमा आरके एफसीले कुँवरवर्ती फुटबल क्लबलाई पराजित गर्दै आरके एफसीले उपाधि हात पारेको हो । आरकेएफसीले उपाधिसंगै नगद ५५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता कुँवरवर्ती भने नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
शान्ति टोल युवा परिवारको आयोजनामा देवदह–१० स्थित चरङ्गे खेलमैदानमा भएको भएको खेलमा निर्धारित समयसम्म गोलरहित बराबरी भएपनि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा ३–२ गोलले पराजित गर्दै आरकेएफसी विजेता बनेको हो ।
एक समारोहका बिच वडाअध्यक्ष याक बहादुर सुनार, क्लबका अध्यक्ष मोहन थापाले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।