ट्रेंडिंग:

>> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

जुनोटिक रोगका बारेमा किसानलाई प्रशिक्षण

१० फाल्गुन २०८०, बिहीबार
१० फाल्गुन २०८०, बिहीबार

दाङ,१० फागुन ।

मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने रोगका बारेमा घोराही उपमहानगरपालिकाका किसानहरुहरुलाई प्रशिक्षण दिइएको छ । घोराही उपमहानगरपालिका पशुसेवा कार्यालयको आयोजनामा आज भएको कार्यक्रममा पशु चौपाया पाल्ने किसानहरुको सानो लापरवाहीका कारण यसखालका रोगीहरुको सख्यां बढ्दै गएको भन्दै सरोकारवालाहरुले यसमा सुधार ल्याउनु पर्ने बताएका छन् ।

मानिसमा देखिने रोगहरु मध्ये ६० प्रतिशत रोगहरु पशु चौपायाबाट बिभिन्न माध्ययमबाट सर्ने भएकाले यसमा सावधानी अपनाउन पनि सरोकारवालाहरु एकमत भएका छन् । रेविज, कोरोना, फित्तेजुका, कालाजार, इन्फ्लुन्जा लगाएतका रोगहरु पशुचौपायबाट बिभिन्न माध्यमका रुपमा मानिसमा देखिने भएकाले पशुचौपायको स्याहारसुसारदेखी त्यसबाट उत्पादित बस्तुहरुको उपभोगमा आम नागरीकहरुले ध्यान दिनुपर्ने पशु चिकित्सकहरुको सुझाव छ ।

कार्यक्रममा पशु चिकित्सक मनोज वलीले मानिसका आनीवानी सुरक्षित नहुँदा पशुचौपायहरुको मासु, दुध, दिशा, पिसाव, र्याल रगत र पशुहरुसंगको संगतबाट जुनोसिस रोगको संक्रमण मानिसमा बढ्दो भएकाले यसमा सबै पक्ष जिम्मेवार बन्नु पर्ने बताए । पछिल्नो १० वर्षमा यसखालका रोगहरुबाट नेपालमा पनि संक्रमितहरु बढ्दै गएको भन्दै मानिसले आफ्ना व्यवहारलाई सुरक्षित बनाउनु नै वुद्धिमानी हुने बताए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी, वडा नम्बर १० का वडाध्यक्ष दिपक पान्डे, नारायणपुर पशुस्वास्थ्य कार्यालयका हिमप्रसाद शर्मा लगाएतले यसखालका रोगहरुबाट बच्न र अरुहरुलाई पनि बचाउँन सबैको दायित्व भएको भन्दै सबै पक्ष जिम्मेवार बन्नु पर्ने बताए । कार्यक्रममा घोराही उपमहानगरपालिकाका विभिन्न वडाहरुमा व्यवसायीकरुपमा पशुपालन गर्दै आएका ३२ जना किसानहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 100% 0%