ट्रेंडिंग:

>> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई

कर्णालीका बालवालिकामा देखियो ‘हेपटाइटिस–ए’ संक्रमण

१० फाल्गुन २०८०, बिहीबार
१० फाल्गुन २०८०, बिहीबार

सुर्खेत, १० फागुन ।

कर्णालीका बालवालिकाहरुमा ‘हेपटाइटिस–ए’ संक्रमण देखिएको छ । स्वास्थ्य परीक्षणको क्रममा दैलेखबाट आएका अधिकांश बालवालिकाहरुमा हेपटाइटिस–ए’ को संक्रमण देखिएको पाइएको छ । वीरेन्द्रनगरस्थित नेपाल बाल पोलिक्लिनिकका बालरोग विशेषज्ञ डा. नवराज केसीले जण्डिस देखिएर उपचारको लागि आउने बालवालिकाहरुमा परीक्षण गर्दा ‘हेपटाइटिस–ए’ पोजेटिभ देखिएको जानकारी दिए ।

‘अन्य जिल्लामा भन्दा दैलेखबाट आउने धेरै बालवालिकामा जण्डिस देखियो त्यसलाई परीक्षण गरी हेर्दा हेपाटाइटिस ए पोजेटिभ देखियो’ डा. केसीले भने, ‘दिनमा एक, दुई जना नियमित आइरहेका छन् । विशेष गरी दैलेख बजार क्षेत्रका बढी आइरहेका छन् ।’

‘हेपटाइटिस–ए’ पानीजन्य रोग हो । दूषित पानी पिउँदा यसबाट संक्रमण हुने गर्छ । डा. केसीका अनुसार हेपटाइटिस–ए का कारण जन्डिस देखा परेका बालबालिकाहरु उपचारका लागि आइरहेका छन् ।

मानवीय फोहोरहरु पानीसँग मिलेको छ भने त्यहाँबाट यस किसिमको संक्रमण हुनेगर्छ । यसका प्रमुख लक्षण पेट दुख्ने, वाकवाक हुने, ज्वरो आउने र जन्डिस हुने हो । ‘जन्डिस’भने लक्षण हो रोग होइन । धेरै कारणले देखा पर्छ त्यसमध्येको यो ‘हेपटाइटिस–ए’ मा देखिन्छ । डा. केसीका अनुसार अहिलेसम्म उपचार गरेका मध्ये ज्यानै जाने अवस्थामा त कोही आएका छैनन् तर, अलि सिकिस्त बिरामी भने आएका छन् ।

समयमा उपचार हुन सकेन भने कलेजो नै फेल हुने सक्ने केसीले बताए । समुदायमा संक्रमण फैलिन नदिन यहाँका सबै पालिकाहरुले मौसम अनुसारको स्वास्थ्य योजना बनाउन आवश्यक रहेको डा. केसीले सुझाव दिए । ‘गर्मी सुरु भयो भने पानीजन्य रोगहरु देखा पर्छन् । त्यसैले समुदायमा उपभोग गरिरहेको पानी कस्तो छ भनेर हेर्नुप¥यो’ उनले भने,
‘ढलको माथि फलफूल राखेर सागसब्जी विक्रि भईरहेको हुन्छ । जसले गर्दा यस्ता रोगहरुको संक्रमण जोखिम बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?