© २०२३
बुटवल, १० फागुन । पहिलोपटक हुन लागेको अन्तर प्रदेश राष्ट्रिय खेलकुद २०८० प्रतियोगितामा भाग लिने गरि लुम्बिनी प्रदेशको तयारी तिब्र पारिएको छ । प्रदेश खेलकुद विकास नियमावली २०७८ परिच्छेद ३ को दफा ७ अनुसार गठित कार्यकारी बैठकले फागुन २४–३० गते हेटौडामा हुने प्रतियोगिताको खेलाडी छनौट गर्ने, बन्द प्रशिक्षण साथै स्थान र ९ खेलका संयोजक तोकेको छ । बैठकमा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले प्रतियोगितामा भाग लिने खेलाडीको छनौट र बन्द प्रशिक्षण सहित दाबेदारी हुने गरि तयारी गरिने बताए । ‘दशौको राष्ट्रिय प्रतियोगिताको तयारीका रुपमा समेत रहेको छ ।’–उनले भने ।
खेलाडी छनौट फागुन १६ देखि १८ गतेसम्म हुने भएको उनले बताए । एथलेटिक्स खेल दाङमा, पौडी नेपालगंज बाहेक तेक्वान्दो, बक्सिङ, ब्याडमिन्टन, कराते, फुटबल, भलिबल, क्रिकेट खेलहरु रुपन्देहीमा हुनेछन । प्रतियोगितामा विभाग खेलाडी र टिम सहभागी नहुने र आलोपालो गरेर बजेट बिनियोजन गर्न सक्ने प्रदेश आयोजक बन्ने प्रावधान रहेको उनले बताए । एथलेटिक्स खेलको संयोजक चन्द्र गुरुङ, सदस्यहरु मोहन घले र पद्मा चौधरी, तेक्वान्दो खेलको संयोजक कोशिश खड्का, सदस्यहरु दिपेन्द्रमान श्रेष्ठ र दिपेन्द्र बुढाप्रित, बक्सिङ खेलको संयोजक राजु गुरुङ, सदस्यहरु नारायणसिह खत्री र कुमार खाड ठकुरी, ब्याडमिन्टन खेलको संयोजक जयन्त श्रेष्ठ, सदस्यहरु राजेश शाक्य, प्रमोद पहाडी, फुटबल खेलको संयोजक लोक पुन, सदस्यहरु याम बहादुर गुरुङ र जनक केसी, पौडी खेलको संयोजक सन्जय थापा, सदस्य चन्द्रमान चौधरी, चुडामणि डुम्रे, भलिबल खेलको संयोजक अर्जुन घिमिरे, सदस्यमा योग गुरुङ र लोकेन्द्र बहादुर भण्डारी, क्रिकेट खेलको संयोजक हरि थापा, सदस्यमा दुर्गा सेन, प्रथम पराजुली, कराते खेलको संयोजक पदम बहादुर बस्नेत, सदस्यमा कृष्ण देवकोटा र सन्तोष सिह तोकिएको छ ।
हेटौडामा हुने अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो चरणमा एथलेटिक्स, फुटबल, भलिबल, क्रिकेट ( महिला/पुरुष), कराते, तेक्वान्दो, बक्सिङ, ब्याडमिन्टन, पौडी खेल समावेश गरिएको छ। जसमा कराते महिला पुरुष/महिला (एकल र टिम काता) गरि २१ वटा पदक, तेक्वान्दो महिला पुरुष/महिला (एकल र टिम पुम्से) गरि २४ पदक, एथलेटिक्समा महिला/पुरुष गरि ३६ पदक , बक्सिङ महिला/पुरुष गरि २३ पदक, फुटबल महिला/पुरुष टिम ३६, भलिबल टिम २४, क्रिकेट टिम २८, ब्याडमिन्टन महिला/पुरुष गरि ६, पौडी २५ गरि कुल २२३ पदकका लागि प्रतिप्रतिस्प्रर्धा गर्ने छन ।