© २०२३
काठमाडौं,१० फागुन । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालमा यतिधेरै मन्त्रीहरू प्रदेशदेखि केन्द्रसम्म आवश्यक नभएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यति धेरै प्रदेश र मन्त्री देशलाई आवश्यक नभएको बताए । संविधान राम्रो बनाएपनि धेरै प्रदेश र धेरै मन्त्री र सांसद हुंदा हाम्रो अर्थतन्त्रले धान्न नसकेको उनले बताए ।
‘यति धेरै सांसद्, प्रदेश र प्रदेशसभा सदस्य, यतिधेरै मन्त्रीहरु प्रदेशदेखि केन्द्रसम्म आवश्यक थियो र ? के सरकारको काम ठेक्कापट्टा लगाउने मात्रै हो ? आफ्नो स्वार्थमात्रै हो ?–सांसद भण्डारीले भने
। उनले ३६ हजार जनप्रतिधि र एक लाख कर्मचारी भएपनि जनताको पक्षमा काम गर्न नसकेको बताए ।