© २०२३
सल्यान,१० फागुन । शारदा नगरपालिकामा चट्याङ लागेर चारजना घाइते भएका छन्। बुधबार साँझ शारदा नगरपालिका १३ स्यानीखाल तिर्थपोलेका देवीलाल बस्नेत र टिकाराम बस्नेतको घरनजिकै चट्याङ पर्दा चारजना घाइते भएका हुन् ।
स्थानीय जानकी बस्नेत, सुशीला भारती, मनिषा बुढाथोकी र सुनिल बस्नेत घाइते भएको शारदा–१३ का वडाध्यक्ष जंगबहादुर बुढाले जानकारी दिए। जानकी र सुनिलको अवस्था गम्भीर छ भने दुईजनाको अवस्था सामान्य छ । घाइतेहरुको उपचार सल्यान जिल्ला अस्पतालमा भइरहेको छ ।