ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

बुटवलका नेवार समुदायले मनाए भिमसेन जात्रा

भिमा एकादशीको दिन भिमसेन भगवानको पुजा गर्ने, जाग्राम बसेर द्वादशीका दिन भिमसेन भगवानलाई रथारोहण गर्ने प्रचलन रहेको उनले बताए ।
९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

बुटवल, ९ माघ ।

बुटवलमा बसोबास गर्ने नेवार समुदायहरुले बुधबार भिमसेन भगवानको रथारोहण गरेको छ । भाषा, संस्कृति झिगु पौरख, नेपाल सम्वत राष्ट्रिय गौरव नारासहित भिमसेन नेवा समाजको आयोजनामा नेवारहरुको ईष्ट देवता भिमसेन भगवानको रथारोहण गरि बजार परिक्रमा गरिएको हो ।

कार्यक्रमको एक समारोहका बिच प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले उद्घाटन गर्दै संस्कृति नै पहिचान भएको भन्दै यसको संरक्षण गर्न जरुरी रहेको बताए । बुटवलमा बसोबास गर्ने नेवार समुदायहरु केवल ब्यापार ब्यवसायमात्र नभई समुदायमा गरेका गतिविधिहरुका कारण चिनिदै आएको उनले बताए ।

कार्यक्रममा समाजका अध्यक्ष सहदेव श्रेष्ठले संस्कृतिको धनी नेवार समुदायहरु बिचमा एकतावद्घ भई संस्थागत विकास गर्न आफुहरु लागेको बताए । भिमा एकादशीको दिन भिमसेन भगवानको पुजा गर्ने, जाग्राम बसेर द्वादशीका दिन भिमसेन भगवानलाई रथारोहण गर्ने प्रचलन रहेको उनले बताए । संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्यलाई जोगाउन आफुहरु निरन्तर विविध कार्यक्रम गर्दै आएको उनले बताए ।

बुटवलका १८ वटा खल, पुच र गुठीका सदस्यहरुको सहभागितामा भिमसेन भगवानको रथलाई घुमाईएको हो । ज्योतिनगर भिमसेन मन्दिरबाट वडा नं १ को जलबिनायक हुँदै ज्योतिनगर, बजार क्षेत्रमा समेत घुमाइएको उनले बताए । भिमसेन नेवा समाजमा हाल २४७ जना आजिवन सदस्य र २५ जना साधारण सदस्यहरु छन । वि.सं. २०६७ सालमा स्थापना भएर निरन्तर जात्रा गर्दै आएको छ । प्रत्येक वर्ष विशेष पुजा गरी रथ निकाल्दै आएको उनले बताए ।

कार्यक्रममा गुठीका सल्लाहकार विमल बहादुर शाक्य, बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष विष्णु ढकाल, वडासदस्य हरि नारायण मिश्र, पवित्रा श्रेष्ठ, अमृत खड्का, रतिमाला बिक, समाजका संस्थापक अध्यक्ष लोकमान श्रेष्ठ, नेवा पुचका काजिमान श्रेष्ठ, अर्घाखाँची नेवा समाजका अध्यक्ष बाबुराम श्रेष्ठ, नेवा संस्कृति समाजका लक्ष्मीप्रसाद श्रेष्ठ, तिलोत्तमा मैजु खलका अध्यक्ष मिलन श्रेष्ठ, नेवा समाज १–३ का अध्यक्ष सुवेन्द्रमान श्रेष्ठ, समाजसेवी मानकाजी श्रेष्ठ, समाजका वरिष्ठ उपाध्यक्ष गोपाल श्रेष्ठ, समाजका सचिव विष्णु श्रेष्ठ भिमसेन जात्राको महत्वबारे प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?