Butwal Today

दुई छोरीसहित आमाको हत्या

९ फाल्गुन २०८०, बुधबार
अ+
अ-

काठमाडौँ ।

काठमाडौँको सीतापाइलामा एकै परिवारका ३ महिला मृत भेटिएका छन्।  प्रहरीका अनुसार आमा र दुई छोरी एकसाथ मृत भेटिएका हुन्।

प्रहरीका अनुसार ३९ वर्षीया आमा तथा ८ र २ वर्षका छोरीका शव भेटिएका हुन्।

प्रहरी टोली घटनास्थल पुगेको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।