© २०२३
काठमाडौं,९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुन:स्थापना लगायतका माग राखेर आज काठमाडौंमा जनप्रदर्शन र आमसभा गर्दैछ ।
दिउसो साढे १२ बजे भृकुटीमण्डपबाट जुलुश निस्केर नगर परिक्रमा गर्ने र भृकुटीमण्डपमै फर्केर आमसभामा परिणत हुने छ । आमसभा शुरु भए लगत्तै राप्रपाले ४० बुँदे मागपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने भएको छ । राप्रपाको मागपत्रमा राजसंस्था पुन:स्थापन, प्रदेश खमरणजी, हिन्दुराज्य पुन:स्थापन लगायतका राजनीतिब माग तथा जनजिविकाका विषयहरू समेटिएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दिउँसो साढे एक बजे प्रधानमन्त्री भेट्ने कार्यक्रम तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । मागपत्र बुझाएर फर्किएपश्चात अध्यक्ष लिङदेनले आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
राप्रपाले आज देशका सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई सोही मागपत्र प्रस्तुत गर्ने भएको छ ।