ट्रेंडिंग:

>> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य

दाङमा एक लाख ७१ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने

९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

दाङ,९ फागुन ।

दाङमा दुई चरणमा दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ । पहिलो चरणमा ९ महिनादेखि १५ वर्षसम्मका ४९ हजार ३०८ बालबालिका र दोस्रो चरणमा १ लाख २२ हजार ३ सय २६ बालबालिकालाई खोप दिइने भएको छ । पहिलो र दास्रो चरणमा गरी १ लाख ७१ हजार ६ सय ३४ बालबालिकालाई खोप लगाइने भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । पहिलो चरणको खोप यही फागुन १३ गतेदेखि २१ गतेसम्ममा खोप दिइने छ भने दोस्रो चरणको फागुन २३ देखि चैत ३ गतेसम्म दिइने स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन किशोर आचार्यले जानकारी दिए ।

पहिलो चरणमा घोराही उपमहानगरपालिका, लमही नगरपालिका,राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिका बालबालिकालाई दादुरा–रुबेला खोप दिइने उनले बताए । यस्तै, दोस्रो चरणमा फागुन २३ गतेदेखि चैत ३ गतेसम्म तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, शान्तीनगर गाउँपालिका र बबई गाउँपालिकामा खोप दिइने खोप फेकलपर्सन आचार्यले बताए ।

स्वास्थ्य कार्यालय दाङका अनुसार ९ महिनादेखि ५ वर्षमुनिका ४९ हजार ३०८ जनालाई खोप दिइने लक्ष्य छ भने ५ वर्षदेखि १५ वर्षसम्मका १ लाख २२ हजार २२६ जनालाई खोप दिइने लक्ष्य छ ।

७०५ खोप सेसन रहेका छन् । १४१० स्वास्थ्यकर्मीले खोप अभियानमा सहयोग गर्ने खोप फेकलपर्सन आचार्यले बताए । २ हजार ११५ जना स्वयंसेवक परिचालन गरिने बताइएको छ ।

दादुराले शरीरको बाहिरी छाला र भित्री पत्रहरूमा संक्रमण गर्छ जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुन्छ । दादुराका भाइरसले दादुरा लागेको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता शक्तिलाई हप्तौंसम्म क्षति पुर्याउने आचार्यको भनाई छ ।

मिजल्स भाइरसका कारण हुने दादुरा छिट्टै सर्ने संक्रामक रोग र रुबेला भाइरसका कारण हुने दादुरा जस्तै देखिने अर्को संक्रामक रोग रुबेला भएकाले नियमित खोप अन्तर्गत दादुरा बिरुद्धको खोप लगाई सकेकाले पनि नछुटाई खोप लगाउन आचार्यले अनरोध गरे ।

दाङका दशवटै पालिकामा खोप अभियान संचालन गर्न थालिएको हुँदा सबैले सहयोग गरेर अभियान सफल बनाउन आग्रह गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले खोप लाई सफल बनाउन सबैले सहयोग गर्न आग्रह गरे । प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले दादुरा रुबेलाको खोप कोही नछुटुन भनेर सबैले सहयोग गरेर गर्न आग्रह गरे । विद्यालयमा खोप केन्द्र हुने भएकाले शिक्षकमार्फत सचेतना फैलाउन आग्रह गरे । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले बालबालिकाको लागि आएको खोप अभियानलाई सबैले सहयोग गरेर सफल बनाउन अनुरोध गरिन् । स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले खोपको औचित्य र प्रभावका बारेमा जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?