© २०२३
सुर्खेत, ८ फागुन ।
सुर्खेतमा यही फागुन १४ गतेबाट संचालन तेस्रो कर्णाली एक्सपो सञ्चालन हुन लागेको छ । सात दिनसम्म सञ्चालन हुने एक्सपोको तयारी तीब्र पारिएको छ । कर्णाली एक्सपोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
कर्णालीमा कृषि र व्यापारको प्रवद्र्धन गर्ने उद्देश्यले सुर्खेत उद्योग बाणिज्य संघले एक्सपो आयोजना गर्न लागेको हो ।
कर्णाली एक्सपो संचालन हुने स्थल वीरेन्द्रनगर नगरपालिकाको दक्षिणतर्फ रहेको खुल्लामञ्चमा स्टल निमार्ण, बालउद्यान, स्वागत गेट, पिङ जडान लागायतका भौतिक तथा प्राविधिक कामहरु तीब्र गतिमा भइरहेका छन् । सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले कर्णाली एक्सपोको मुख्य उद्देश्य कर्णालीको व्यापार तथा पर्यटन प्रवद्र्धन र प्रचारप्रसार संगै यहाँका संस्कृती, जडिबुटी र सम्भावनाको उजागर गर्ने भएकोे बताएका छन् । सोही अनुसार कर्णाली एक्सपोको तयारी तीब्र गतिमा भइरहेको उनले बताए ।
कर्णाली एक्सपोमा पाँच सय स्टल निमार्ण कार्य भइरहेको छ । स्टलहरुमा कर्णालीका रैथाने बाली तथा व्यापारीलाई प्राथमिकतामा राख्ने जनाइएको छ । कर्णाली एक्सपोमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीसँगै, रैथाने बाली, कृषि तथा व्यापार मेला प्रदशनी, स्थानीय उत्पादनको प्रवद्र्धन र विभिन्न विषयबस्तुहरुमा ‘टक सो’ लगायतका कार्यक्रमहरु हुनेछन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी