ट्रेंडिंग:

>> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने

माग सम्बोधन नभए देशै ठप्प पार्ने आन्दोलन : प्याब्सन

८ फाल्गुन २०८०, मंगलवार
८ फाल्गुन २०८०, मंगलवार

बुटवल, ८ फागुन । निजी विद्यालय सञ्चालकहरुले आफूहरुका माग विद्यालय शिक्षा विधेयकमा सम्बोधन नभए सरकारले थेग्न नसक्ने आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

लगानीको सुरक्षाको प्रत्याभूति,गुठीमा जाने विषय स्वेच्छिक हुनुपर्ने,उच्च शिक्षा अध्ययनमा दिइने छात्रवृत्तिमा निजी विद्यालयमा पढेका विद्यार्थीलाई भएको विभेद अन्त्य हुनुपर्ने र शिक्षासंग सम्बन्धित तीनै तहका सरकारका समितिहरुमा प्रतिनिधित्वको माग विधेयकमा नसमेटिए आन्दोलनको विकल्प नभएको उनीहरुको भनाई छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन लुम्बिनीको तेस्रो साधारणसभामा बोल्दै केन्द्रीय अध्यक्ष डिके ढुंगानाले ६ खर्ब लगानी र मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ७ प्रतिशतमाथि योगदान गरेको निजी विद्यालयका मागप्रति राज्य पक्ष अनुदार भएकाले आन्दोलनको तयारीमा रहन विद्यालय सञ्चालकलाई आग्रह गरे ।

देशभर १० हजार बढी निजी विद्यालयमा ६ खर्ब लगानी भएको र दुई लाख पचास हजार जनालाई रोजगारी दिएको भन्दै ढुंगानाले तर राज्यले लगानीको सुरक्षामाथि सधैं धावा बोल्ने काम गरेको गुनासो गरे ।

केही समयअघि आन्दोलनमा गएपछि प्रधानमन्त्री, कानूनमन्त्री लगायत सरकारी पक्षसंग भएको वार्तामा माग समेट्न सहमत भएपनि विभिन्न दलका सांसदहरुले एक सय ६५ वटा संशोधन प्रस्ताव राखेकाले झस्किएको उनको भनाई छ ।

यदि निजी विद्यालयका जायज माग सम्बोधन नभई विधेयक पारित भएमा जुनसुकै बेला सशक्त आन्दोलनमा जानुपर्ने अवस्था आउने भन्दै तयारीमा रहन निर्देशन दिए ।
आफ्ना मागहरुबारे सांसदहरुले गहन ढंगले अध्ययन गरेर माग सम्बोधन गर्न तयार नभए सबै विद्यालय बन्द गरी हजारौं सवारी साधन सडकमा ल्याएर सशक्त आन्दोलन गर्ने ढुंगानाले बताए । हाम्रा माग सम्बोधन नगरी राज्य पक्ष अनुदार भएर ६ खर्ब लगानी जोखिममा पार्न खोज्यो भने हामी वारपारको आन्दोलन गर्ने र उक्त आन्दोलन सरकारले एक दिन पनि थेग्न नसक्ने ढुंगानाले दावी गरे ।

साधारणसभामा प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेले निजी विद्यालयको योगदानको कारण समग्र मुलुकको शिक्षाको गुणस्तर राम्रो बनेको भन्दै निजी विद्यालयबाट सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पढाई शुरु गर्ने लगायत अन्य शैक्षिक क्रियाकलाप सिको गरेको बताए । अझै पनि गुणस्तर सुधार गरेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादनमा निजी विद्यालयले योगदान गर्नुपर्नेमा जोड दिंदै अध्यक्ष पाण्डेले प्रदेशमा गणित प्रयोगशाला (म्याथ ल्याब ) स्थापना गर्ने योजना रहेको बताए ।
प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद अधिकारी,उपाध्यक्ष विष्णु पन्थी,महासचिव आरबी कटुवाल,कोषाध्यक्ष सन्तोषमणि न्यौपाने, प्रदेश वरिष्ठ उपाध्यक्ष ऋषिकेश जीसी,सचिव धनराज चापागाई,प्रदेश कोषाध्यक्ष अमरराज सुवेदीले निजी लगानीमा सञ्चालित विद्यालयहरुलाई निरुत्साहित बनाउने सरकारी रवैयाविरुद्ध थप एकतावद्ध भएर जाने बताए ।
गत भदौ २७ गते विधेयक प्रतिनिधिसभामा दर्ता भएको थियो । विधेयक सार्वजनिक भएपछि शिक्षक र निजी विद्यालय सञ्चालक असन्तुष्ट भई शिक्षकले माइतीघर मण्डलामा आन्दोलन शुरु गरेपछि सरकारले अधिकांश माग सम्बोधन हुने गरी विधेयक संशोधन गर्ने सम्झौता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?