ट्रेंडिंग:

>> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत

होराइजन गाैतमबुद्धमा खाना महोत्सव, रक्तदान तथा पुरस्कार वितरण

७ फाल्गुन २०८०, सोमबार
७ फाल्गुन २०८०, सोमबार

बुटवल।

होराइजन गौतम बुद्ध मा.वि तिलोत्तमामा खेल सप्ताहको अन्तिम दिन सोमबार खाना महोत्सव पुरस्कार वितरण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष फर्सुराम गिरीले उदघाटन गरेको कार्यक्रममा न्यु होराइजन कलेज व्यवस्थापन समितिका अध्यक्ष निर्मल प्रसाद लाकौल, प्राचार्य गोपालप्रसाद आचार्य, सहायक क्याम्पस प्रमुख इन्द्र प्रसाद भुसाल, उपप्राचार्य ज्ञानेश्वर ज्ञवाली, विज्ञान संकाय प्रमुख प्रदीप अर्याल, प्राध्यापक डा.नारायण प्रसाद पन्थ, रुद्र भुसाल, विभिन्न विषयका विभागीय प्रमुख, शिक्षक तथा कर्मचारीहरु लगायत सहभागी थिए।

होराइजन गौतम बुद्ध मा.वि.का अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा होटल व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीहरुद्वारा आफूले विद्यालयमा सिकेका विभिन्न सीपहरु प्रदर्शन गर्न र विद्यार्थीहरुद्वारा तयार पारिएका खानाका परिकारहरुलाई व्यवसायिक सिपको विकास गर्ने उद्देश्यका साथ खाना महोत्सवको आयोजना गरिएको थियो । आठओटा स्टल रहेको खाना महोत्सवमा सेकुवा, भुटुवा, सेलरोटी, बटुक, मम लगायतका परिकारहरू विद्यार्थी आफै तयार गरेका थिए । कार्यक्रममा खेल सप्ताहमा उत्कृष्ट हुने विभिन्न विधाका खेलाडीहरूलाई मेडल तथा प्रमाण पत्रले पुरस्कृत गरिएको छ। विद्यार्थीहरूमा मानवीय सेवाको भावना विकास गर्नका निम्ति विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कलद्वारा आयोजित रक्तदान कार्यक्रममा प्राध्यापक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरू गरी १०१ युनिट रगत सङ्कल भएको कार्यक्रम संयोजक डा. नारायण प्रसाद पन्थले बताए।

खाना महोत्सवमा आठओटा स्टलमा गरी जम्मा चारलाख बराबरको आर्थिक कारोबार भएको र एक लाख पन्ध्र हजार मुनाफा भएको र त्यो मुनाफा विद्यार्थीहरू आफैले बाँड्ने कार्यक्रम संयोजक दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

यसैबीच दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफलमा हरेक सेक्सनबाट प्रथम, द्वितीय एवम् तृतीय र सर्वोत्कृष्ट हुने विद्यार्थीहरू तथा अभिभावकलाई नगद तथा पुरस्कारबाट सम्मान गरिएको छ । राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता २०८० मा उत्कृष्ट खेल प्रदर्शन गर्ने १८ जना विद्यार्थीहरूलाई समेत मेडल, नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो भने विद्यालय बाहिर भएका विभिन्न अतिरिक्त क्रियाकलापमा विद्यालयको प्रतिनिधित्व गर्दै सहभागी भई उत्कृष्ट हुने विद्यार्थी, एमवीवीएस इन्जिनियरिङ् लगायत विभिन्न विधामा पूर्णछात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरूलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्यहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै वडाअध्यक्ष फर्सूराम गिरीले होराइजन मा.वि. देशकै उत्कृष्ट विद्यालय भएकोमा धन्यवाद दिंदै अतिरिक्त क्रियाकलापबाट विद्यार्थीहरूमा सिर्जनशीलता बढ्ने कुरामा जोड दिए।

सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद भुसालले होराइजन मा.वि.ले विगतदेखि नै यस्ता गतिविधिहरू गर्दै आएको र विद्यार्थीहरूमा व्यवहारिक ज्ञान सिकाउन आफूहरू प्रतिबद्ध रहेको कुरा स्मरण गर्दै सम्पूर्ण प्राध्यापक तथा विद्यार्थीहरूलाई बधाई दिए ।

पुरस्कार वितरण समारोहमा विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले होराइजन देशमै एउटा ब्रान्डको रुपमा स्थापित भइसकेको हुँदा धेरै अभिभावकहरूको रोजाइमा होराइजन पर्ने गरेको कुरा उल्लेख गर्दै अभिभावकहरूको विश्वासलाई सार्थकता प्रदान गर्न विद्यालय प्रशासन निरन्तर लागिरहेको बताए ।

यसैगरी कार्यक्रमका सभाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठले विद्यालयको भौतिक संरचना, यातायात सुविधा, शिक्षक कर्मचारीहरूको सेवा सुविधा विद्यार्थी तथा शिक्षक तथा कर्मचारीहरूका लागि तालिम, सेमिनार जस्ता कुराहरूमा सञ्चालक समिति सधै चनाखो हुने बताउँदै विद्यार्थी, शिक्षक, अभिभावक तथा सञ्चालकहरूले यथेस्ट ध्यान दिन सकियो भनेमात्र विद्यालयलाई थप उचाईंमा पु¥याउन सकिने बताए ।

कार्यक्रममा अतिरिक्त क्रियाकलाप संयोजक डा. मुरारि प्रसाद पराजुलीले पनि मन्तव्य व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?