© २०२३
काठमाडौं,७ फागुन । प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोति विशेष कार्यक्रममा पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ ।
पत्रकारहरुलाई प्रवेश नदिएसँगै पत्रकारहरुले बिरोधस्वरुप क्यामेरा डाउन गरेका छन्। सूचना तथा प्रशारण प्रेस कार्ड हुनेहरुलाई पनि प्रवेश नदिएपछि पत्रकारहरुले विरोध जनाएका हुन्।
गृह मन्त्रालयले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा फोटो तथा भिडियो खिच्न नदिएपछि पत्रकारहरूले विरोध स्वरूप सैनिक मञ्च, टुँडिखेलको गेट बाहिर क्यामरा डाउन गरेका हुन्।
सूचना विभागको कार्ड देखाउँदा पनि भित्र प्रवेश नपाएको त्यहाँ उपस्थित सबै पत्रकारहरू बताउँछन्।