ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

ठगी आरोपमा बेलायतमा रहेका कानून ब्यवसायी राजु थापाबिरुद्ध पक्राउ पुर्जी

५ फाल्गुन २०८०, शनिबार
५ फाल्गुन २०८०, शनिबार

काठमाडौं, फागुन ६ ।

भूतपूर्व गोर्खा सैनिकका सन्तानहरुलाई बेलायतको आवासीय भिषाको लागि कानुनी सेवा उपलब्ध गराउने नाममा ठगी गरेको आरोपमा बेलायतमा रहेका कानून ब्यवसायी राजु थापाबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बेलायतको लण्डनस्थित ब्रोडवे इलिङस्थित सेन्ट्रल च्याम्बरमा कार्यालयमा एभरेष्ट ल सोलिसिटर्स नामक कम्पनी सञ्चालन गर्दै आएका थापाबिरुद्ध काठमाडौं जिल्ला अदालतले ठगी आरोपमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको हो ।

बेलायतमा रहेका थापाबिरुद्ध करोडौं ठगी गरेको अभियोग रहेको छ । भिषा लगाइदिने नाममा करोडौं ठगी गरेको तथ्य भेटिएपछि थापालाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले पुर्जी जारी गरेको हो । जिल्ला अदालत काठमाडौंले बेलायतमा बसेर ठगी गर्ने राजु थापासँगै उनका नेपाली साझेदार समी काछी रोजी श्रेष्ठबिरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

‘फरार प्रतिवादीहरु राजु थापा र समी काछी रोजी श्रेष्ठका नाममा मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४ को दफा ५७ कमोजिम पक्राउ पुर्जी जारी गरी पक्राउ परी आए वा आफै हाजिर हुन आए बयानका लागि इजलाशसमक्ष पेश गर्नु, पक्राउ परी नआए वा म्यादभित्र आफै हाजिर हुन पनि नआए ऐ. संहिताको दफा १५ र ६५ बमोजिमका निजका बिवरण जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत झिकाई रोक्का राखी नियमानुसार गरी पेश गर्नु,’ जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पुर्जीमा भनिएको छ । अदालतले फागुन २ गते थापा र श्रेष्ठको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

बेलायतमा रहेर कानून सेवा दिने नाममा भूतपूर्व गोर्खा सैनिकका परिवारलाई ठग्दै आएको प्रमाण अदालतमा पेश भएपछि पुर्जी जारी गरिएको हो । थापाले आफ्नो धन्दाको उजागर हुने भएपछि नेपालमा रहेका बिचौलिया लगाएर भूतपूर्व गोर्खा सैनिक सूर्यकुमार नेम्वाङलाई पक्राउ गराएपछि आफ्नै ठगी धन्दाको पर्दाफास भएको हो । पाँचथरको फिदिम नगरपालिका–४ निवासी नेम्वाङलाई केही समयअघि प्रहरीले पक्राउ गरी अदालतमा पेश गर्दा दोषी ठहर हुने अवस्था नरहेको र ठगीमा थापासहितका ब्यक्तिहरु संलग्न रहेको ठहरसहित रिहा गरेको छ । ठगीमा दोषी नदेखिएको भन्दै नेम्वाङलाई रिहा गरेसँगै अदालतले भूतपूर्व गोर्खा सैनिकका सन्तानहरुलाई बेलायतको आवासीय भिषाको लागि कानुनी सेवा उपलब्ध गराउने नाममा थापा र नेपाली साझेदार श्रेष्ठबिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

बेलायतको लण्डनमा बस्दै आएका नेम्वाङलाई थापाकै डिजाइनमा पक्राउ गराइएको थियो । लण्डनमा बसेर आफ्नो ल फर्ममार्फत केस दर्ता गर्ने शुल्क लिएर पनि थापाले कुनै पक्रिया अघि नबढाउँदा झण्डै ५ सय जना पीडित बनेका छन । सोही तथ्य खुलेपछि थापाबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार थापामाथि लाहुरेमाथि ठगी र ‘ब्ल्याकमेलिङ’को लामो श्रृखला सञ्चालन गरेको अभियोग छ ।
यस्तै थापाले पूर्व गोर्खा सैनिक सूर्य नेम्वाङको नाममा किर्ते गर्दै रकम असुली गर्दै आएको तथ्यसमेत भेटिएको छ । अदालतले आफ्नै ल फर्ममा काम दिएर नेम्वाङको नाममा भूतपूर्व गोर्खा सैनिकका सन्तानहरुलाई बेलायतको आवासीय भिषाको लागि कानुनी सेवा उपलब्ध गराउने भन्दै रकम असुली गर्ने तर नेम्वाङलाई जानकारी नै नगराई केस हराउने गरेको तथ्य पनि फेला परेको हो । उनलाई यो ठगी धन्दामा नेपालमा रहेका श्रेष्ठ र अर्का बिचौलिया दिपक मास्केले सहयोग गर्दै आएको पाइएको छ । बिचौलिया मास्के नेपालमा बसिरहेको पाइएको छ । मास्के केही समय यता उनी थापाको केस मिलाउन नेपालमा दौडधुप गरिरहेको  पाइएको हो ।

अनुसन्धानको क्रममा फेला परेको तथ्यअनुसार थापाले भूतपूर्व गोर्खा सैनिक नेम्वाङको नाममा थुप्रै जनासँग रकम उठाएको पाइएको छ । बेलायतको नयाँ कानून अनुसार आवासीय भिषाको लागि कानुनी सेवा उपलब्ध गराउने भन्दै थापाले नेम्वाङको नाममा परिवारका सदस्यसँग रकम उठाएको पाइएको हो ।

लामो समय गोर्खाहरुको अधिकारको लागि सञ्चालित ‘संयुक्त संत्याग्रह संघर्ष समिति’को सह–संयोजक रहेर काम गरेका नेम्वाङलाई ब्रिटिस गोर्खाका परिवारले बिश्वास गर्ने गरेको थाह पाएपछि थापाले उहाँको नाम दुरुपयोग गरी रकम असुली गर्नुभएको पनि अनुसन्धानले देखाएको हो ।

आन्दोलन र अभियानकै क्रममा ‘संयुक्त संत्याग्रह संघर्ष समिति’ ले सन २०१७ को नोभेम्बरमा नेम्वाङलाई केस हेर्ने जिम्मेवारी दिएको थियो । सो जिम्मेवारी पछि कानून कार्वाहीका लागि थापाले आफ्नो ‘एभरेष्ट सोलिसिटर सोलिसिटर्स’ नामक ल फर्ममा नेम्वाङलाई आवद्ध गराएको र उहाँको नाम बेचेर थुप्रै जनासँग पैसा लिने तर काम नगर्ने गरेको तथ्य पाइएको हो ।

नेम्वाङले भूतपूर्व गोर्खा सैनिकहरुमाथि आवासीय भिषाको लागि संयोजन गरिदिने काम गर्नुभएको थियो । थापाले पैसा लिने तर केस नै दर्ता नगर्ने गरेको थुपै्र घटनापछि नेम्वाङले पीडितहरुले नछाडने चेतावनीसहित एभरेष्ट सोलिसिटरबाट अलग हुनुभएको अदालतमा पेश भएको कागजातले देखाएको छ । थापाको ल फर्मबाट अलग भएपछि उनको कारण हारेको दर्जनौं पीडितको पुनः केस गरी जिताइएको थियो । सो घटनापछि भूतपूर्व गोर्खा सैनिकका परिवार थापाको ल फर्ममा जान छाडेपछि सुरुवाती चरनमा रहेको इमेल जो नेपालस्थित कन्सलटेन्सीमा आउने गरेको थियो, सो इमलेसमेत समी काछी रोजी श्रेष्ठ नदिई अलपत्र पार्ने काम गरेका छन ।

हामीलाई प्राप्त कागजातअनुसार थापाको ल फर्ममा कार्यरत रहँदा नेम्वाङले आवासीय भिषाको लागि प्रक्रिया मिलाइदिने भन्दै सुरुमा भूतपूर्व गोर्खा सैनिक र तिनका परिवारबाट पल्टनका कागजात, राहदानी, इमेल र बैंक कार्ड लिने गरेका थिए । समितिले काम गर्ने जिम्मेवारी र शुल्क तोकेर नै नेम्वाङलाई यो कामको जिम्मा दिएकोले कानूनी प्रक्रिया पूरा गर्नका लागि ११ सय पौण्ड शुल्क लिने गरिएको थियो । सोही अनुसार नेम्वाङले शुल्क बताएर कागजात संकलन गरे । तर थापाले समी काछी श्रेष्ठमार्फत दोब्बर भन्दा बढी रकम असुलेको प्रमाणसमेत फेला परेको छ । सो गैरकानूनी धन्दामा थापालाई साथ दिई गोर्खा सत्याग्रह संघर्ष समितिको केही अग्रज ब्यक्तिहरुको समेत संलग्नता रहेको प्रमाण फेला परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?