© २०२३
सुर्खेत,४ फागुन ।
कर्णालीमा सत्तारुढ दलहरूबिच बढेको खटपट बाहिर आएको छ । सरकार गठनको सुरुवातसँगै आन्तरिक रुपमा भएको असन्तृष्टि अहिले भने बाहिरिएको छ । बिहीबार साँझ पूर्व मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सामाजिक सञ्जालमा कर्णालीमा काँग्रेस सरकारबाट बाहिरिनु उपयुक्त हुने कुरा लेखेसँगै सरकारबिच खटपट सुरु भएको बुझिएको छ । शाहीले यस अघि पनि कर्णाली सरकारका मुख्यमन्त्री राजकुमार शर्मासँगै अन्य मन्त्रीलाई कार्यशैली सुधार्नुपर्ने सुझाव दिंदै आएका थिए ।
शाहीले कांग्रेस सरकारबाट बाहिरिनु उपयुक्त भएको लेखेसँगै कर्णाली सरकारमा नयाँ तरंग पैदा भएको छ । ‘यो अराजकको अवस्थामा कर्णालीमा काँग्रेस सरकारबाट बाहिरिनु उपयुक्त हो’ शाहीले फेसबुक स्टाटसमा लेखेका छन्, ‘सोही बमोम काँग्रेसबाट सहभागी मन्त्रीहरुले व्यवस्थापन गर्दा राम्रो होला ।’ शाहीको स्टाटससँगै कर्णाली सरकारमा हलचल हुने सम्भावना देखिएको छ । कांग्रेस कर्णालीको प्रमुख सत्ता साझेदार दल हो । कांग्रेसले अर्थ, सामाजिक र उद्योग गरी तीन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी