© २०२३
बुटवल ।
महाविर इङ्गलिस बोर्डिङ स्कुल बुटवल १ ले आफ्नो २८ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले आफ्नो २८ औ वार्षिकोत्सव तथा सरस्वति पुजाको अवसर पारेर विद्यालयमा शैक्षिक गतिविधि र विद्यालयमा अतिरिक्त क्रियाकलावमा उत्कृष्ट हुने २५० भन्दा बढी विद्यार्थीहरुलाई पुरस्कार सहित सम्मान गरेको छ ।
सोही कार्यक्रको अवसरमा पुर्व शिक्षक शिव खनाल र विद्यालयमा लामो समयदेखि अध्यापन गराइरहेका शिक्षकहरु चुडामणि ज्ञवाली, देविकला ज्ञवाली, अनिस खनाल, सुस्मा रानालाई सम्मान गरिएको थियो । कार्यक्रमा बोल्दै बुटवल उपमहानगर पालिका–१ का वडाअध्यक्ष नरेन्द्र बस्नेतले महाविर इङ्गलिस बोडिङ स्कुल बुटवल १ को पुरानो शैक्षिक संस्था भएकाले स्थानीय तहमा शिक्षामा महत्वपूर्ण योगदान रहेको बताए ।
वडाध्यक्ष बस्नेतले महाविर पुस्तकालयको विकासमा यस विद्यालयको योगदान रहेको पनि बताए । कार्यक्रमा विद्यालयका अध्यक्ष तथा सस्थापक प्रार्चाय बावुराम पौडेलले विद्यालयले विद्यार्थीको शैक्षिक विकासका अलावा अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिंदै आइरहेको बताए ।
अध्यक्ष पौडेलले विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिदै आएको बताउँदै अभिभावकले पनि आफ्ना बालबालिकाको पढाइ, आनिबानी ख्याल गर्नुपर्ने बताए । कार्यक्रममा विद्यालयका सल्लाहकार तथा महाविर पुस्तकालयका अध्यक्ष महेन्द्र कुमार राज भण्डारीले विद्यालयको विकास र विद्यार्थीको पढाइ अब्वल बनाउन सवै पक्षको सहयोग आवश्यक पर्ने बताए ।
उनले अविभावक, विद्यार्थी, शिक्षक, विद्यालयको ब्यवस्थापनको महत्वपूर्ण योगदानले विद्यार्थीको पढाइ अब्वल बनाउन सकिने बताए । कार्यक्रममा विद्यालयका प्राचार्य बिष्णु प्रसाद पौडेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले आफ्नै भवन निर्माणको तयारी गरिरहेको बताए । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका अध्यक्ष बाबुराम पौडेल, शिक्षक अनिस खनाल, शिक्षिका कमला ज्ञवाली, अविभावक शिव खनाल, विद्यार्थी एन्जिला भुसालले मन्तव्य व्यक्त गरेका थिए ।