ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

लुम्बिनीका पुजारीलाई पुजामा रोक !

३ फाल्गुन २०८०, बिहीबार
३ फाल्गुन २०८०, बिहीबार

भैरहवा, ३ फागुन ।  गौतमबुद्धको जन्मस्थल लुम्बिनीको माया मन्दिरमा स्थानीय पुजारीलाई पुजामा रोक लगाउँदा स्थानीय आन्दोलित भएका छन् । परापूर्वकाल देखि बाउ बाजेका पाला देखि मायादेवी मन्दिर परिसरमा पुजा आजा तथा धुप, अगरबत्ति बाल्न विकास कोषले रोकेको भन्दै स्थानीय पुजारी तथा भन्तेहरूले अन्याय भएको बताएका छन् । लुम्बिनी बचाउ सङ्घर्ष समितिले लुम्बिनी विकास कोषसंग बिभिन्न माग राख्दै आफ्ना माग पुरा गर्न विकास कोषलाई आग्रह गर्दै नभएमा चरणबद्धरूपमा आन्दोलनमा जाने चेतावनी दिएको छ ।

लुम्बिनी बचाउ संघर्ष समितिका अध्यक्ष राम विकास चौधरीले विकास कोषमा उपाध्यक्ष आएपछि बोर्डमा राखेर समाधान गर्ने भनेको छ तर माग सम्बोधन नभए आन्दोलनमा जाने बताए । पुजा पाठ बन्द गराएका छन्, टिकट संसारको कुनै मन्दिरमा लाग्दैन विकास कोषले म्युजिम बनाउँदै आएको छ यो मन्दिर हो म्युजियम होइन उनले भने । पुरातात्विक क्षेत्रमा रिडिजाइन र रिकन्ट्रक्सन भन्ने हुँदैन जहाँबाट निर्णय गराएपनि हामीलाई मान्य हुँदैन चौधरीले भने ।

पुर्खाहरूको पाला देखि मायादेवी मन्दिरमा पुजा गर्दै आएका मायादेवी मन्दिरका पुजारी योगेन्द्र पाण्डेले स्थानीय माथि अन्याय र अत्याचार भएको बताए । परापूर्व कालदेखि हाम्रा बाउ बाजेका पाला देखि नै हामीले जोगाएको लुम्बिनी विकास कोषलाई ११ हजार फुट जग्गा निशुल्क दिएको जग्गा भएको हो पाण्डेले भने । हामी जग्गा नै दियौँ हामीले परापूर्व कालदेखि पुजा आजा गर्दै आएको ठाउँमा रोक्दै अशान्ति भयो भन्छन्, पाण्डेले भने,हामीलाई भजन गीत नगाउ भन्छन्, मायादेवी मन्दिर वरपर रक्सि मासु खाँदा अशान्ति हुँदैन ? पुजारीलाई, भन्तेलाई धुप अगरबत्ति केही बाल्न नदिनु अन्याय भएको उनको भनाई छ । भन्ते चद्र भुषण पाण्डेले मायादेवी मन्दिरमा फूल बाहेक केही नचढाउन भनेको भन्दै गुनासो गरे । जे दिनु छ मलाई दिनु मन्दिरमा केही नचढाउनु भन्नेहरूलाई किन कारबाही हुँदैन भन्दै प्रश्न गरे । त्यस्ता ब्यक्तिलाई कारबाही नगर्ने तर पुजा गरेका मान्छेलाई किन हटाइयो भन्दै उनले गुनासो गरे । श्रीलङ्काको मन्दिरमा १ पैसापनि चढाउन नदिएको बताउँदै उनले अपशब्द बोल्ने ब्यक्तिहरूलाई लुम्बिनी विकास कोषले संरक्षण गरिरहेको बताए । भन्ते अकलेस गुप्ताले मायादेवी मन्दिर परिसरमा दियो बाल्न नदिएको बताए । अशोका पिलरको छेउमा बाल्न दिनुस भन्दा दियो बाल्न रोकिएको बताए । हामीले पुजा गर्दा दान पाउँथ्यो त्यसैले खर्च चल्थ्यो अहिले लास्ट तिर नालीको छेउमा ब्यवस्था गर्दा हामीमाथि अन्याय भयो उनले भने ।

लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दिप गुप्ताले लुम्बिनी विकास कोषका उपाध्यक्षले स्थानीयको छातीमा बुट बजारेको बताए । लुम्बिनीलाई हामीले बचाइदिएर सजिलो भएको छ गुप्ताले भने, तर लुम्बिनी विकास कोषका पदाधिकारीले लुम्बिनीलाई गिज्याएको बताए । विकास कोषले नै हरियो प्लेट बनाउन नदिन चलखेल गरेको हुन सक्ने बताउँदै छिट्टै समाधान नगरे ठाउँका ठाउँ गाडी कब्जा गर्ने चेतावनी दिए । उद्योग ब्यापार संगठन लुम्बिनीका अध्यक्ष कृष्ण बहादुर गुरुङले बिहारहरूमा विकास कोषले होटल सञ्चालन गरेको बताए । उनले विकास कोषले स्थानीय ब्यावसायीलाई पाखा लगाएको तर बिहारमा स्टार लेभलको रुम उपलब्ध गराएको आरोप लगाउँदै आवाज उठाउँदा उठाउँदा ब्यावसायी मर्ने र बाँच्ने अवस्थामा पुगेको बताउँदै बिहारमा होटल सञ्चालन नरोकिए रक्तपात हुन सक्ने विकास कोषका कर्मचारीलाई चेतावनी दिए ।

सामाजिक अभियन्ता इशा खड्काले उपाध्यक्षले आफुले के काम गरेँ भन्ने थाहा पाएर नै भाग्नु परेको बताइन् । आफ्नो गलत कामले सन्ततीलाई पाप बोकाउने काम नगर्न उनले विकास कोषका पदाधीकारीलाई आग्रह गरिन् । लुम्बिनीलाई अंगाडी लैजानुपर्नेमा पदाधीकारीले झन पछाडी पार्न खाजेको खड्काले बताइन् । होटल ब्यावसायी अकरम खाँनले लुम्बिनीका सुरक्षा कार्डका कारण लुम्बिनी नै बदनाम भएको बताए । गार्ड समेत त्यस्ता हुँदा रहेछन् भनेर गेष्ट अचम्ममा परेको उनले बताए ।

सिद्धार्थ होटल एसोसिएसनका उपाध्यक्ष मेघनाथ आचार्यले विकास कोषका कर्मचारीमा अनुशासन नै नभएको बताए । बाटो छेकेर बस्ने तथानाम गाली गर्ने कर्मचारीमा संस्कार नै नभएको बताउँदै विकास कोषले तालिम दिन नसके आफुले अनुशासनको शिक्षा दिने उनले बताए । मायादेवी मन्दिरका गार्डले रमिता देखाउँदा पनि विकास कोष लाचार भएको उनले बताए । लुम्बिनीमा नराम्रो ब्यापार भयो भनेर आवाज उठ्ने तर ड्युटिमा बसेका कर्मचारीमा सामान्य अनुशासन गर्ने संस्कार समेत नभएको बताए । लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले लुम्बिनीबासी भएकाले समेत यस क्षेत्रको बिकासका लागि सदैव लागिरहने बताए । स्थानीयले उठाएका मागहरू जयज भएको उनले बताए । आफै भित्रपनि निकास के होला भनेर सबै अन्तरद्धन्द्ध हुने तर्क गर्दै भट्टराईले सबै मिलेर लुम्बिनी बचाउनुपर्ने बताए । परम्परागत मान्यता र परम्परा, पुजा आजालाई रोक्ने युनेस्कोको पोलिसी नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?