ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी

परासीमा पिस पार्क सञ्चालनमा

३ फाल्गुन २०८०, बिहीबार
३ फाल्गुन २०८०, बिहीबार

नवलपरासी, ३ फागुन । जिल्लाको सदरमुकाम परासीमा पहिलो सार्वजनिक पार्कको रूपमा पिस पार्क सञ्चालन कार्य शुभारम्भ भएको छ । रामग्राम नगरपालिका वडा नं.८ उनवछ गाउँ पूर्व बसपार्क नजिकै सो पार्कको शुभारम्भ सोही वडाका वडा अध्यक्ष महेन्द्र ठाकुरले गरेका हुन् ।
पार्कको शुभारम्भ गर्दै उनले अहिले आफ्नै वडामा बन्न लागेको यो पिस पार्क नगरपालिकाकै सम्पति भएको बताए । यसमा रामग्राम नगरपालिकाले समेत लगानी गर्नुपर्छ, उनले भने, वार्ड स्तरबाट हुने सहयोग निरन्तर भई नै रहन्छ । धेरै दिन देखि परासी बजार क्षेत्रमा पार्क नभएको आवश्यकता महशुस भई रहेको थियो ।

अहिले यो पिस पार्कले सो आवश्यकतालाई पूर्ति हुने हुँदा उनले खुशी ब्यक्त गरेका थिए । वार्डले शुरुवात गरेको छ, तर पार्क ब्यवस्थानमा करोडौं लगानी लाग्न सक्ने हुँदा नगरपालिका, प्रदेश सरकार र संघीय सरकारले पनि स्वामित्व लिएर लगानी गर्न समेत उनले औल्याएका थिए । स्थानीय लोहसडा आधारभूत विद्यालयले गरेको करिब साढे तीन हेक्टर क्षेत्रफललाई ब्यवस्थित गरि पिस पार्क सञ्चालन भएको छ । पिस क्लब इनटरनेसनल परासी नवलपरासीको ब्यवस्थापन तथा सञ्चालन रहने गरि वार्ड अध्यक्ष ठाकुरको रोहबरमा विद्यालयले बार्षिक एक लाख भाडा लिने गरि पार्क बनाई सञ्चालनको सम्झौता भएको थियो । २५ बर्षको सम्झौता गरि उक्त पार्क सञ्चालनमा ल्याइएको पिस क्लबका उपाध्यक्ष अर्जुन बहादुर क्षेत्रीले बताए । जिल्ला सदरमुकाम समेत रहेको परासी बजारमा पार्क नहुदा विदाको दिन समय विताउन,बालबालिकाहरूलाई खेल्न घुम्न, रमाउन सक्ने सार्वजनिक खुल्ला स्थान नभएको कुरा महशुस गरि पार्क सञ्चालनका लािग क्लबले वडा अध्यक्ष मार्फत सम्बन्धित विद्यालयसँग पहल गरेको थियो । वडा अध्यक्ष पनि यस कार्यका लागि सकारात्मक भएपछि सम्झौता कार्य अगाडि बढाईको थियो ।
पहिलो चरणमाा वार्ड अध्यक्ष ठाकुरले नै वार्ड स्तरको बजेट विनियोजन गरि पार्क ब्यवस्थापनमा लगानी गरेका छन् । यसले पार्क क्षेत्रमा एउटा आकर्षण थपेको छ,क्षेत्रीले भने, आउने दिनमा अब पिस क्लबले नगरपालिका, लुम्बिनी प्रदेश सरकार, संघीय सरकार लगायत निजी क्षेत्रसँग पनि समन्वय गरि पार्क क्षेत्रमा आकर्षण थप्ने कार्यलाई निरन्तता दिइने छ । हाल पार्कमा बस्नका लागि कंक्रिट चेयर फुटपाथको निर्माण गरिएको छ । उद्धानलाई सरसफाई गरिएको छ । आन्तरिक पर्यटक तथा स्थानियबासी समेत पार्कमा आउने शान्त, मनोरम दृष्यमा रमाउन थालेका छन् । बसपार्कसँगै उक्त पार्क जोडिएको हुदा बसपार्कमा आउने यात्रुलाई केही समय विश्राम गर्ने, थकाई मार्ने खालको स्थानको रूपमा विकास हुनेछ ।

बसपार्कबाट सवारीसाधन ढिलो जाने अवस्थामा रहेका यात्रुलाई समय विताउन पनि यो पिस पार्क उपयोगी हुनेछ । झरही खोला किनारमा रहेको पिसपार्क र बसपार्क खोला वारी पारी रहेकोले खोलामा जैविक पुलको निर्णण गरिने छ । परासी क्षेत्रमा यो पहिलो पार्कको रूपमा सञ्चालनमा ल्याएर उदाहरणिय कार्य गरेकोमा नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले प्रशंसा गरेका थिए । नगरको सोच भन्दा वार्ड अध्यक्षको सोच उच्च स्तरको भेटिएको भन्दै उनले यसलाई सबैको पार्क बनाउनका लागि पिस क्लबले भुमिका खेल्नु पर्ने सुझाव समेत दिएका थिए । त्यसै गरि रामग्राम नगरपालिका समाजिक विकास शाखा प्रमुख नागेन्द्र यादवले यो पिस पार्क नगरक्षेत्रकै एक गहनाको रूपमा स्थापित हुने बताउदै यो पार्कको अवधारणा ल्याने देखी सञ्चाल ब्यवस्थापनमा भुमिका निर्वाह गर्नेहरूको प्रशंसा गरेका थिए । परासीमा यस्तो एउटा पार्क पनि थिएन,उनले भने,अहिले पार्क थपिने भयो,यसलाई भगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुपसँग जोडेर विकास गनुृ पर्ने आवश्यकता औल्याएका थिए ।

पार्कको शुभारम्भ कार्यक्रममा सबैलाई स्वागत गर्दै पिस क्लबका कोषाध्यक्ष चन्द्र प्रकाश गुप्ताले वार्ड अध्यक्ष ठाकुरको चाहना,विद्यालयको सहयोगले मात्र यो पार्कको रूप दिन सकिएको बताएका थिए । यो सबैले मिलेर पार्क बनाउनु पर्ने समेत आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन गर्दै क्लबका महासचिव बेचु गौडले मानिस भागदौडको जिवन जिउने गरेको यसले तनाव हुने र उक्त तनाव मुक्त गर्न सक्ने खालको शान्ति पुर्वाधार बनाई शान्तिको बातावरण दिन सक्ने गरि पिस पार्क बनाउन लागिएको बताएका थिए ।
जिल्लाकै सबै पालिकाको चिनारी झल्किने गरि पालिका जोन,सबै धार्मिक समुह भित्र शान्तिको अवधारणा भएको पाठ्पुस्तक राख्ने गरि हिन्दुज्म पिस,इस्लामिक पिस,बुद्धिजम पिस लगायतका पुस्तकालय,बाचनालय जोन बनाईने छ । जिल्ला स्थित अन्य संघसस्थाका लागि पनि पहिचान र ब्यवस्थापनमा सहयोग हुने खालको कर्नन समेत निर्धारण हुने यहिँ बर्षमा पार्कको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउनका लागि नगरपालिकाका इन्जिनियर सतिस गुप्तालाई आग्रह गरि सकिएको जानकारी गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?