© 2026
तिलोत्तमा ।
रुपन्देहीको तिलोत्तमा–३ मा रहेको लुम्बिनी ईन्टिगे्रटेड एकेडेमीमा सरस्वती पूजा मनाइएको छ । वसन्त पञ्चमी को अवसरमा कलेजले सरस्वती पूजा तथा कथा श्रवण कार्यक्रम गरेको हो ।
यस वर्षदेखि स्नातक तहमा फरेस्ट्री र बिए एलएलबी अध्ययन गराउन सुरुवात गरेको एकेडेमीले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरेको छ । यो लुम्बिनी प्रदेशको एक मात्रै फरेस्ट्री कलेज हो । विद्याकी देवी सरस्वतीको बुधबार विशेष पुजा गरिने दिन र पुस्तक दिवस समेत बुधबार नै परेको यस अवसरमा एकेडेमीका शैक्षिक कार्यक्रम निर्देशक अशोक कुमार मल्लिकले विद्यार्थीहरुलाई आफ्नो करियर राम्रो बनाउन सहयोग गर्ने अतिरिक्त पुस्तक अध्ययन गरी पठन संस्कृतिको वृद्धि गर्न सुझाव दिएका थिए ।
दुई सङ्कायमा अध्ययन गर्ने विद्यार्थीहरुले कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरेको कार्यक्रमको संयोजन कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख सम्मान न्यौपानेले गरेका थिए ।